यातायातमा मनपरी हुन थालेपछि टिकट अनिवार्य (निणर्य सहित)

५ बर्ष अघि

२0७५ माघ १५ मंगलवार

यातायातमा मनपरी हुन थालेपछि टिकट अनिवार्य (निणर्य सहित)


सुलोचना महता, माघ १५ दार्चुला । दार्चुला जिल्लामा  पछिल्लो समय यातायातमा मनपरी भई यात्रुहरु ठगिदैँ गएपछि सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुहरुले चर्को भाडा असुल्ने तथा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने गुनोसो तथा ज्ञापन पत्र आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको बैठकले दार्चुलामा चल्ने जीप चालकहरुले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनुपर्ने व्यवस्था गरेको हो । टिकटको व्यवस्था गरेपछि यात्रुहरुले टिकटको आधारमा प्रहरीमा उजुरी गर्न सक्ने हुदाँ टिकटको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिँह कुवँरले जानकारी दिए । पाचँ जनाको मात्रै सिट क्षमता रहेको जीप व्यवसायिहरुले आफुहरुलाई नोक्सान भएको भन्दैँ सर्वसाधारण जनताबाट तोकिएको भन्दा बढी भाडा असुल्ने तथा सिट क्षमता भन्दा बढी यात्रु बोकेको भन्दैँ चौतर्फी आवाज आएपछि यातायात व्यवस्थापन समितिको बैठक बसेको छ । तोकिएको भन्दा बढी भाडा असुल्ने तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी धनिलाई यातायात व्यवस्था ऐन २०४९ तथा निमावली ऐन २०५४ अनुसार सवारी धनिलाई कारबाही गरीने निणर्य गरेको छ । सहायक जिल्ला प्रमुख अधिकारी टेक सिँह कुवँरको संयोजकत्वमा यातायात व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय समिति प्रमुख, प्रहरी प्रमुख, यातायात व्यवसायी लगायत सरोकारवालाहरुको सर्वपक्षिण् बैठकले ६ वटा निर्णय गरको छ ।