अपिहिमाल गाउँपालिका पर्यटन विकासका लागि १ करोड ५० लाख खर्च गदैँ 

५ बर्ष अघि

२0७५ माघ १५ मंगलवार

अपिहिमाल गाउँपालिका पर्यटन विकासका लागि १ करोड ५० लाख खर्च गदैँ 

 

सुलोचना महता, माघ १५ दार्चुला ।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन विकास गर्नका लागि १ करोड ५० लाख रुपैँया खर्च गर्ने भएको छ । दार्चुला जिल्लाको मुख्य पर्यटकिय दृष्टिकोणले आर्कषक ठाउँ अपिहिमाल क्षेत्रमा पर्यटन प्रबर्धन गर्नका लागि चालु आवमा सो रकम खर्च गरीने गाउँपालिकाले जनाएको छ । 
अपिहिमाल गाउँपालिका प्रकृतिको देन, दार्चुला जिल्ला कै मुटु तथा रमणीय ठाउँ भित्र आउने आन्तरिक तथा बाह्य प्रर्यटकहरुको सहजता तथा पर्यटन  प्रबर्धन गर्नका लागि गाउँपालिकाले पर्यटन विकासमा जोड दिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । 
अपिहिमाल गाउँपालिकाले शिद्ध मकरीकोट पदमार्ग निमार्ण गर्नका लागि ३० लाख रुपैँया, क्षेति घाजिर एककृत धार्मिक विकास गर्नका लागि १५ लाख रुपैँया र झुस्कु पाटु ४ सय ५० मिटर लामो झोलुङगे पुल निमार्ण गर्नका लागि ६० लाख रुपैँया बजेट विनियोजन गरेको छ ।  हाल पर्यटन विकास गर्नका लागि केही दिन मै  निमार्ण कार्य शुरु गरिने गाउँपालिकाले जनाएकाे छ ।