जेठ ३ गते कम्युनिष्टहरुको ऐतिहासिक दिन, पार्टी एकतामा ढिलाइ हुनुको कारण यस्तो छ 

६ बर्ष अघि

२0७५ जेष्ठ ३ बिहीबार

जेठ ३ गते कम्युनिष्टहरुको ऐतिहासिक दिन, पार्टी एकतामा ढिलाइ हुनुको कारण यस्तो छ 

दृष्टिकोण समाचार दार्चुला । नेपालको कम्युनिष्ट पार्टीका महान व्यक्तित्व स्व. मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा जिप दुर्घटनामा परि निधन भएको दिनको सम्झानामा मदन आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुन लागेको छ । एउटै कम्युनिष्ट पार्टी बनाएर देशमा विकासको लहर ल्याउने गरी निर्वाचनमा बाम गठबन्धन गरेका दुई ठुला कम्युनिष्ट शक्तिहरुले निर्वाचन झण्डै दुईतीहाइ बहुमत ल्याएका छन् । बेला—बेला पार्टी एकताको घोषणा गर्ने भन्दै ६ महिना वित्नै लाग्दा जेठ ३ गतेको उत्तम साइतका रुपमा नेपाल कम्युनिट पार्टी घोषणा हुन लागेको हो । नेताहरुले कम्युनिष्ट पार्टीका महान योद्धा मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर जनतालाई सर्पराइज दिने गरी निर्णय गरेका छन् ।  नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ ।
जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने स्रोतले बताएको छ ।
पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।
बुधबार विहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए ।