दोस्रो राउण्डको लागि ५ वटा स्थानीय तहबाट २१ जना छनोट

५ बर्ष अघि

२0७५ माघ १४ सोमबार

दोस्रो राउण्डको लागि ५ वटा स्थानीय तहबाट २१ जना छनोट

ललित सामन्त,माघ १४ दार्चुला । पहिलो पटक दार्चुला जिल्लामा सञ्चालन भइरहेको दार्चुला आइण्डलमा पाचँ वटा स्थानीय तहका जम्मा २१ जना छनोट भएको दार्चुला आइण्डलका उपाध्यक्ष सन्तोष कुवरले बताउनु भयो । दार्चुलाको अपिहिमाल गाउँपालिकामा ११ जना मध्ये ३ जना यस्तै मार्मा गाउँपालिकामा ५१ जना मध्ये ३ जना छनोट भएको पनि उपाध्यक्ष कुवरले बताउनु भयो ।
 उता शैल्यशिखर नगरपालिकामा भने २४ जना मध्ये ३ जना छनोट भएका छन् यता नौगाड गाउँपालिकामा जम्मा ६० जना मध्ये ७ जना छनोट भएका छन् । यस्तै दार्चुलाको दुहु गाउँपालिका बाट जम्मा २३ जना मध्ये ६ जना छनोट भएको दार्चुला आइण्डलका अध्यक्ष अमन बोहराले बताउनु भयो । यस्तै बाकी ४ वटा स्थानीय तह मालिकार्जुन गाउँपालिकामा माघ १५ गते , लेकम गाउँपालिकामा १६ गते व्यासँ गाउँपालिकामा १८ गते यस्तै महाकाली नगरपालिकामा २० गते हुने पनि आयोजकले जनाएको छ । 
दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको फेबरेट मिडियाका प्रबन्धक कृष्ण सिह धामीले बताउनु भयो । जिल्लाका नौ वटै स्थानीयतहमा माघ २० गते सम्म सञ्चालन हुने भएको छ । दोस्रो राउण्डको लागि भने माघ २४ गते जिल्ला सदरमुकाम क्षेत्रमा र फाइनल राउण्ड फागुन्न ४ गते जिल्ला सदरमुकाम क्षेत्रमा हुने संयोजक  रमेश सिह खत्रीले बताउनु भयो । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ ।