डम्पिङ साइट निमार्ण नहुँदा फोहर व्यवस्थापन चुनौती

५ बर्ष अघि

२0७५ माघ १४ सोमबार

डम्पिङ साइट निमार्ण नहुँदा फोहर व्यवस्थापन चुनौती

 

सुलोचना महता, माघ १४ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका अन्र्तगत पर्ने सदरमुकाम खलंगा क्षेत्रको फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइड) निमार्ण नहुदाँ फोहर व्यवस्थापन चुनौती बनेकाे छ । महाकाली नगरपालिकाले जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइट निमार्ण नगरेको हुदाँ फोहरमैला व्यवस्थापन एक चुनौती कै रुपमा खडा भएको हो । 
महाकाली नगरपालिकाले सदरमुकाम खलंगा क्षेत्रको फोहरमैला व्यवस्थापन गर्नका लागि अध्ययन भ्रमण, सडक नाटक लगायत जोरबिजोर गते प्रणाली लागु गर्न तापनि पछिल्लो समय डम्पिङ साइड निमार्ण नहुदाँ फोहरमैला व्यवस्थापन हुन सकेको छैन् । 
नगरपालिकाले डम्पिङ साइट नबनाउँदा खुला स्थानमा फोहर फाल्दा आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पारेको स्थानीयहरुको बताएका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको साविकको अपि नगरपालिकाले पनि डम्पिङ साइट निमार्ण नगर्दा फोहरमैला व्यवस्थापन गर्न सकेको थिएन् । महाकाली नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा ठाउँमा हाल फोहरमैला व्यवस्थापन गदैँ आएको छ । डम्पिङ साइट निमार्ण नहुदाँ लास्कु खोला लगायत पानीका मुहान समेत प्रदुषित हुदैँ गएको स्थानीयहरुको आरोप छ । 
महाकाली नगरपालिकाको वडा नम्बर ४ बङगाबगड क्षेत्रमा फोहोरमैला फाल्ने गाडी समेत जाने बाटो नहुदाँ फोहरमैला व्यवस्थापन हुन नसक्नुका साथै सडकमा रहेको फोहरमैला व्यवस्थापन नगर्दा समस्या हुने गरेको बङगाबगडका स्थानीयहरुको गुनासो छ । डम्पिङ साइट निमार्ण गर्नका लागि बजेट विनियोजन गर्नुका साथै जमिन खोजी गरिरहेको उपमेयर सुना बोहराले बताइन् । डम्पिङ साइट निमार्ण भएपछि महाकाली नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न सहज हुने तथा स्थानीयहरुको स्वास्थ्यमा अनुकुल असर पर्ने स्थानीयहरुको भनाई छ ।