सुलोचना महता, माघ १४ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जिल्ला अस्पताल गल्फै नजिकै सवारी चालकहरुको स्वास्थ्य पशिक्षण गरिएको छ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत दार्चुला जिल्लामा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टको आयोजनामा सवारी चालकहरुको सामान्य चेकजाँच सम्बन्धी एक घण्टे शिविर सञ्चालन भएको हो ।
दुर्घटना न्युनीकरण गर्नका लागि सवारी चालकहरुको स्वास्थ्य अवस्था के कस्तो छ भनि बझुनका लागि एक घण्टे शिविर सञ्चालन गरेको अस्थाई प्रहरी पोष्ट दार्चुलाका प्रहरी जवान हरिदेव खत्रीले बताउनु भयो । शिविरमा सदरमुकाम खलंगा भित्र आउने तथा बाहिर जाने सवारी साधनहरुका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको अस्थाई प्रहरी पोष्ट दार्चुलाले जनाएको छ । शिविरमा २७ जना सवारी चालकहरुको रक्तचाप, आखाँ लगायत अन्य सामान्य चेक जाचँ गरीएको छ ।