नौगाडका ४ वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला निमार्ण 

५ बर्ष अघि

२0७५ माघ १४ सोमबार

नौगाडका ४ वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला निमार्ण 



सुलोचना महता, माघ १४ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकाले ४ वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला निमार्ण गरेको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी, वडा नम्बर २ खार, वडा नम्बर १ इएरकोट, वडा नम्बर ६ धुलीगाडाका स्वास्थ्य संस्थामा प्रयोगशाला निमार्ण भएको गाउँपालिकाले जनाएको छ । 
नौगाडका बासिन्दालाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले चार वटा स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला निमार्ण गरीएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिँह धामीले बताए । नौगाड गाउँपालिकाको सिप्टीमा उदघाटन भएर प्रयोगशाला सञ्चालन आउनुको साथै  खार, इयरकोट र धुलीगाडामा प्रयोगशाला सञ्चालनमा आएपनि उदघाटन गर्न बाँकी रहेको नौगाड गाउँपालिका स्वास्थ्य सँयोजक राजकुमार शाहले बताए । स्वास्थ्य संस्था सिप्टीमा २ वटा ल्याब टेक्नीसियन रहेका छन् । त्यस्तै खार, इयरकोट र धुलिगाडामा एउटा  ल्याब टेक्नीसियन रहेको स्वास्थ्य सँयोजक  शाहले जानकारी दिए । नौगाड बासीले पहिले सामान्य पिसाब, रगत चेकजाचँ गर्नका लागि सदरमुकाम तथा गोकुलेश्वर जानुपर्ने बाध्यता रहेको अहिले प्रयोगशाला निमार्ण भएपछि टरेको छ ।