कृषिमा मार्मा गाउँपालिकाको ७५ प्रतिशत अनुदान

५ बर्ष अघि

२0७५ माघ १३ आईतवार

कृषिमा मार्मा गाउँपालिकाको ७५ प्रतिशत अनुदान


सुलोचना महता, माघ १३ दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई अनुदान दिने भएको छ । मार्मा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा को विनियोजित बजेटमा कृषिमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको छ ।

मार्मा गाउँपालिकाले कृषकहरुलाई सहज रुपमा कृषि सामग्री उपलव्ध तथा अन्य सेवा सुविधा दिनकालागि ७५ प्रतिशत गाउँपालिका र २५ प्रतिशत कृषक वा कृषक समुहले भुक्तानी गनुपर्ने मार्मा गाउँपालिकाका कृषि शाखाका अधिकृत रविन्द्र पन्तले बताए । उनका अनुसार चालु आवमा तरकारी खेती गर्नका लागि प्लाष्टिक घर (फलामको फेम सहित) निमार्ण गर्न ६ लाख ७५ हजार रुपैँया, ८६ वटा प्याकेज तरकारी बिउ (हाइबेट तथा उन्नत जात) वितरण गर्न ८० हजार रुपैँया, २८ सय हिउँदे फलफुल बिरुवा वितरण गर्न ६५ हजार रुपैँया, एक मेट्रिकटन गहुँको बिउ वितरण गर्न ५२ हजार, एक मेट्रिकटन मकैको बिउ वितरण गर्न ४५ हजार, एक मेट्रिकटन धानको बिउ वितरण गर्न ५६ हजार, एक कुइन्टल भटमासको बिउ वितरण गर्न १० हजार लगायत एक कुइन्टल मसुरको बिउ वितरण गर्न २० हजार रुपैँया विनियोजन भएको छ । कृषकलार्इ ७५ प्रतिशत गाउँपालिकाको अनुदान दिइने  भएपछि मार्माका स्थानीय हर्षित भएका छन् ।