नेपालमा स्वास्थ्य तथा सरसफाइ प्रवद्र्धन कार्यक्रम १९८० देखि संयुक्त राष्ट्र संघको सहयोगमा भएको थियो । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाहरुले नेपाल सरकारले २०१५ सम्म आधा भन्दा बढि समुदायका मानिसहरुलाई सरसफाइको पहुँचमा लाने र २०१७ सम्म शत प्रतिशत घरपरिवारमा सरसफाइको पहुँच पु¥याउने लक्ष्य रहेको थियो । तर यो अभियानलाई लान पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा समस्या रहेको छ । यस क्षेत्रमा संलग्न संस्थाहरुले आ–आफ्नो संस्थाको सिमित स्रोत साधन र कार्य प्रक्रियामा आधारित सरसफाइका आधारभूत सरसफाइ साना–साना इकाई कार्यक्रमहरु,बिद्यालय सरसफाइ कार्यक्रम, समुदाय सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । सरसफाइ गुरुयोजना २०६८ मा निर्दैशित अनुसार पूर्ण सरसफाइ तथा स्वच्छतताले स्थानीय निकायको नेतृत्वमा पूर्ण सरसफाइ तथा स्वच्छतताको अभियानले आनीबानीमा परिर्बतनमा निकै सहयोग पु¥याउने र सामाजिक अभियानको रुपमा सरसफाइ प्रवद्र्धन कार्यक्रमलाई सरोकारवालाहरुको समन्वय, सहकार्य र आवद्धतामा संचालन भइ रहेको छ । सरसफाइ र स्वच्छता प्रवद्र्वन गर्ने कार्य बहुआयामिक र बहुक्षेत्रगत सरोकारको विषयको रुपमा संस्थागत भइ हालसम्म नेपालमा (मिति २०७५ माघ ८ सम्म) गाउँपालिकामा ४६० मध्ये ४३६, नगरपालिका, उपनगरपालिका, महानगरपालिकाहरु २९३ मध्ये २४९, ७ प्रदेश मध्ये, प्रदेश नम्बर ४, ७, ६ खुला दिसामुक्त अवस्था घोषणा भइसकेको छ । भने नेपालमा ९९.०२ प्रतिशत शौचालय निर्माण भइसकेको छ भने बाँकी शौचालय बनाउने अभियान निरन्तर रुपमा नेपाल सरकार अन्य संघसस्ंथाहरु अगाडी बढिरहेको छ ।
नेपालको संविधानले आधारभूत स्तरको खानेपानी र सरसफाइ सुबिधालाई नागरिकको आधारभूत अधिकारको रुपमा प्रत्याभूत गरेको छ । हालका दिनमा सरसफाइको दायरा फराकिलो भइ प्रतिष्ठा, स्वास्थ्य, विकास निर्माण, जनजीविका, सामाजिक सशक्तिकरण र समृद्धिको आधारस्तम्भको रुपमा विस्तारित भइ सरसफाइलाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा लिन थालिएको छ । यस क्षेत्रमा संलग्न सरोकारवालाहरुले विगतदेखि विभिन्न नामले खुला दिसामुक्त घोषणा पश्चात्का क्रियाकलापहरु संचालन गर्दै आएको भएता पनि परम्परागत रुपमा स्थापित रुढीवादी संस्कार, सरसफाइले स्वास्थ्यमा पु¥याउने सकारात्मक प्रभाव प्रतिको सचेतनाको अभाव, आवश्यक पूर्वाधारहरुको कमी, हेल्चेक्रयाई, अशक्तता तथा स्थानीय तहको फितलो अनुगमनका कारण सरसफाइ सम्बन्धी संरचनाहरुको समुचित प्रयोग, मर्मत सम्भार तथा स्वस्थकर बानी ब्यवहार विकास गर्ने कार्य चुनौतीपूर्ण बनेको छ ।
सरसफाइको राष्ट्रिय अभियानमा सहरी सरसफाइका मुद्दाहरुलाई ठोस रुपमा संबोधन गर्नु उक्तिकै आवश्यक रहेको छ । विपद्का अवस्थामा खानेपानी र सरसफाइका सेवा सुविधाहरुको आपूर्ति र निरन्तरता अपरिहार्य रहेको देखिन्छ । सरसफाइ गुरुयोजना, २०६८ र वातावरण मैत्री स्थानीय सुशासन ढाँचा, २०७० लाई मुख्य आधार मान्दै व्यापक क्षेत्रगत अनुभव, क्षेत्र तथा जिल्ला तहका सरोकारवालाहरुको पृष्ठपोषण, राष्ट्रिय कार्यशालाको सुझाव र घोषणा– पत्र, दिगो विकास लक्ष्य, स्थानीय निकायको नेतृत्व, मानव मुलमुत्रीय फोहोरको व्यवस्थापन, ठोस तथा तरल फोहोरमैलाको प्रशोधन गरी पुनः प्रयोग वा तोकिएको मापदण्ड अनुसार विसर्जन गर्नु पर्ने अपरिहार्यता, विज्ञहरुका राय सुझाव एवं नीतिगत आधारलाई मध्यनजर राखी राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको प्रत्यक्ष समन्वय र सहजीकरणमा पूर्ण सरसफाइ मार्गदर्शन तयार पारिएको छ । भने नेपाल सरकारले सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था १०० प्रतिशत नै हासिल गर्ने उद्धेश्य राखेको छ ।
मानिसको स्वास्थ्य र दैनिक जीवनयापनसंग सरसफाइ सुविधाको प्रत्यक्ष सम्बन्ध रही आएको छ । सरसफाइ सुविधाको समुचित विकास तथा विस्तारबाट आम मानिसको स्वास्थ्यमा अभिवृद्धि हुने हुँदा वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार गर्नका लागि यस मार्गदर्शनले तपसिलका उद्देश्यहरु लिएको छ । खुला दिसामुक्त अवस्थाको दिगोपना कायम गर्ने । सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहार विकास गर्ने । घरायसी तथा संस्थागत तहमा सरसफाइ र स्वच्छताका सुविधाको समुचित प्रयोग, मर्मत सम्भार तथा स्तरोन्नती गर्ने । सुरक्षित खानेपानीको सेवा सुनिश्चित गर्ने र घरायसी तथा सस्थागत तहमा पानी शुद्धिकरणको प्रवद्र्धन समेत गर्ने । फोहोर मैला तथा मानव मलमुत्रीय फोहोरको सम्भव भएसम्म पुनः प्रयोग गर्ने वा तोकिएको मापदण्डका आधारमा विसर्जन गर्ने । पोखरी तथा साना जलाशय र खोला खोल्सीहरुको संरक्षण गरी स्वच्छता तथा सुन्दरता कायम राख्ने योजना समेत रहेको छ ।
दार्चुला जिल्लामा ग्रामिण खानेपानी तथा सरसफाइ परियोजनाहरु नेपाल रेडक्रस सोसाइटी, सकल्प दार्चुला, सेवक नेपाल, सेभ द चिल्डे«न, सेफ वास, सुआहारा, सामुदायिक ग्रामिण विकास समाज नेपाल, गुड नेर्वस इ्रन्टरनेसनल, आर.भि.डब्लु.आर.एम.पि. अन्य संघ संस्थाहरु जिल्लामा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको छन् भने यी संस्थाहरु फेरी हिजोको दिनमा जसरी सहयोग र समन्वय, सहकार्य गर्दै खुल्ला दिसा मुक्त घोषणा कार्यक्रम गरिएको थियो । त्यसैगरी अब आउने दार्चुला जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकालाई पूर्ण सरसफाइमा सबैको ध्यान केन्द्रित गर्न सकेमा सरसफाइ कार्यक्रममा प्रबद्धनात्मक रुपमा समन्वय र सहजीकरण गरी स्वच्छता तथा सरसफाइको आनीबानीमा पूर्ण परिवर्तन गर्न सकिन्थ्यो कि ? नत्र अझै दार्चुला जिल्लाको हकमा चुनौतीको रुपमा देखिएको छ । जहाँ शौचालयको प्रयोग तथा ब्यबस्थापन धेरै ठाँउमा प्रयोगमा कमी आएको छ । त्यसैले गाउँपालिका तथा नगरपालिकाले बिशेष गरेर अपनत्व रुपमा यो अभियानलाई निरन्तरता योजना बनाएर अगाडि लानु आवश्यकता देखिन्छ ।
सरसफाइलाई सामाजिक प्रतिष्ठा सँग सम्बन्ध गाँसिएको पाइन्छ । विकास, स्वास्थ्य र आत्मा सम्मान (प्रतिष्ठा) प्रवद्र्धनका लागि गरिएका विभिन्न स्वस्थकर क्रियाकलापहरुको समग्र कार्य एवं प्रकृया पूर्ण सरसफाइ हो । नेपालमा सरसफाइ गतिबिधिहरु नियाल्दा खुला दिसा मुकत घोषणा गर्नु दिगो रुपमा लानु यसको आवश्यकता रहेको छ । खु.दि.मु. घोषणा गर्नु भनेको समाजमा जहाँतही दिसा गर्देनौ भनी समुदायका मानिसहरुले प्रतिबद्धता जाहेर गरेको हुन्छ । घोषणा पश्चात त्यसको परिणाम स्वारुप पूर्ण सरसफाइमा अगृणी भुमिका चर्पि निर्माण मात्र होइन । यसको परिधी ब्यापक छ । साथै, जोखिमपूर्ण अवस्था (खाना खानु अघि, खाना खाएपछि, दिसा गरेपछि, बिरामीको हेरचाह एवं बच्चाको दिसा, गाईबस्तुको मलमुत्र व्यवस्थापन गरेपछि) साबुन पानीले हात धुने र चर्पी निर्माण, प्रयोग तथा यसको मर्मत संभार मात्र नभइ व्यक्तिगत, घरायसी र वातावरणीयका साथै मानिसको बानी व्यवहार परिवर्तन समेट्दछ । हाल सामाजिक अभियानको रुपमा सञ्चालित खुला दिसामुक्त अवस्थाका उपलब्धिहरुलाई दिगो रुप दिंदै सरसफाइका अन्य सुविधाहरुको निर्माण, प्रभावकारी सञ्चालन गरी सफा र स्वच्छता कायम गर्न सार्वजनिक र निजी क्षेत्रको सुदृढ साझेदारीमा ग्रामीण र सहरी क्षेत्रमा सरसफाइ र स्वच्छताको निरन्तरताको लागि प्रभावकारी रुपमा संस्थागत क्रियाशीलता, स्तरीय सेवा प्रवाह, सचेतना अभिबृद्धि, व्यापक सामाजिकीकरण, सामुहिक सशक्तिकरण तथा स्व–अनुगमन सम्बन्धी क्रियाकलापहरुको नियमित कार्यान्वयनको आवश्यकता रहेको छ । यसरी सरसफाइ र स्वच्छताको दिगोपन कायम गरी पुर्ण सरसफाइको जनस्वास्थ्य प्रबद्धनमा पुर्ण रुपमा प्रतिफल प्राप्त गर्न सकिन्छ ।
तव यसका पक्षहरुमा द्यभ्क्त् भन्ने शब्दले सरसफाइको क्षेत्रमा बानी ब्यबहार परिवर्तन गर्ने, वातावरणीय सरसफाइ, सरफाइका सुबिधाहरु र खुला दिसा उन्मुलन गर्ने भन्ने बुझिन्छ । भने रणनितिमा क्षमता अभिबृद्धी गरी सरसफाइको क्षेत्रमा बहस गर्ने, स्रोत साधनको प्रयोग गरी गाँउका कुना–कुनामा ज्ञान, सिप तथा धारणा अपनाउनु यसकै मुख्य प्रतिफल हो । भने गाबिस वा नगरपालिकालाई पुर्ण सरसफाईमा नमुना बनाउन ५ चरणहरु बिभाजित गरेको छ । सो गाबिस वा नगरपालिको क्षेत्रमा समुह निर्माण गरी पूर्ण सरसफाई प्रबद्धन समुह गठन गनुपर्छ । भने गाबिसको अवस्था बारेमा बिश्लेषण तथा मुल्यांकन गर्ने, कसको घरमा सबै सरसफाइका सुबिधाहरु देखि प्रबद्र्धन मा ५ सुचकहरु शौचालय, खानेपानी, साबुन पानीले हात धुने, सफा खाना सफा घर आँगनको प्रयोग भएको छ वा छैन हेर्ने, सबैको घरमा ती सुचकहरु छन् भने प्रमाणिकरण गरी अन्त्यमा ५ सुचकहरुको जुन घरमा सुबिधाहरु छन् सरसफाइ प्रबद्धक टोलीले गाउको वा वडाको ३ घरको नाम लेखी सिफारिस गाबिसलाई दिने अन्तिममा सम्मान तथा पुरस्कार दिने कार्य गर्नुपर्छ । यसो गरेमा प्रतिष्पर्धा हुने र छिटै समुदाय तथा गाउँमा पुर्ण सरसफाइको अभियान पुग्दछ ।
सरसफाइको क्षेत्रमा आंशिक रुपमा सरसफाइको प्रबद्र्धनलाई अगाडि बढाएता पनि रोगहरुमा कमी आउदैन । पुर्ण सरसफाइको प्राप्त गर्न अगाडी बढनुपर्दछ । आफुले सिकेका कुराहरुलाई व्यावहारमा उर्तान सक्ने क्षमता र आवश्यकता तत्परता समुदायका प्रत्येक सदस्यहरुले गरेमा अपनत्व हुने थियो । आफनो घरभित्र बाहिर, बाटो घाटो धारा कुवा पाटी पौवा बिद्यालय हाता सफा तथा सफाइमा सबैको जिम्मेबारी बहन गर्न सक्ने इच्छा शक्ति हुनुपर्छ । सरसफाइ समुदायको दायित्व हो किनकि १÷२ बर्ष संघ संस्था आउदैमा सबै जिम्मेवारी पुरा हुदैन । त्यैसेले स्थानीय सरकारको प्रयासले नै निरन्तरता दिएमा सरफाइमा दिगोपन कायम हुन सक्छ । त्यसैले यसलाई निरन्तर रुपमा लान पूर्ण सरसफाइको सुचकहरु ५+१ छन् । क) चर्पीको प्रयोग, ख) साबुन पानीले हात धुने बानी, ग) सुरक्षित पानीको प्रयोग, घ) सुरक्षित खानाको प्रयोग, ङ) सफा घर आँगन र च) वातावरणीय सरसफाइ आदिलाई निरन्तर रुपमा आफु स्वयंम सरसफाइको प्रकिृयामा नमुना बनेर साथीहरु, परिवार तथा समुदायसम्म पुग्न सक्नुपर्छ । गाउँको बस्तुस्थिति सकंलन र अवस्था बिश्लेषण गरी बिभिन्न प्रबद्र्धनात्मक किृयाकिलापहरु सुधार गर्दे लानुपर्छ साथै सुधार हो, होइन । प्रमाणिकरण गरी घर वा वडाहरुलाई पुरस्कार सम्मान गर्नुपर्दछ । भने यो प्रकिृया निरन्तरताको कायम गरी दिगो रुपमा सरसफाइ स्वच्छताका बानी ब्यहोरा बिकास हुदै जान्छ ।
समय सापेक्ष अनुसार मानिस सकरात्मक सोच लिएर अरुलाई समेत घँ को माध्यमबाट ँबअत, सत्य, तथ्य ँभभ,ि मन छुने ँगतगचभ भविश्यको कार्ययोजना बनाउने र समुदाय बिद्यालयमा छलफल गरी कार्यान्वयन गर्न सकेमा दार्चुला जिल्लाको पूर्ण सरसफाइको क्षेत्रमा सुन्दर भुमी बनाउन सकिन्छ । सरसफाइको अभियानको क्षेत्रमा लाग्ने मानिसहरुलाई समुदायको मानिसहरुले भनेको कुरा सुन्दा कति पिडा हुन्छ तर के गर्ने सबैको स्वभाव सँग जुध्न सक्नुपर्छ, एक चोटी गल्ती गर्दा १० कुराहरु सिकिन्छ तर गल्ती जानजानी दोहा¥याउनु चाहि हुदैन । आफनो कामलाई पछाडी हैन अगाडि बढेर गर्नुपर्छ । कर्तव्यनिष्ट भई समाजमा रुपान्तरण गर्नसके त्यो नै महान हुन्छ र गाउँ, समाज, जिल्ला, देशलाई बनाउन आफंैले नै गर्नुपर्छ । भन्छन् सबकोै बोली एउटै बनाउनु पर्छ, जहाँ इच्छा त्यहाँ उपाए । अंग्रेजीमा एउटा शब्द छ ःगकत भन्नेलाई प्रयोगमा ल्याउन सक्यो भने पक्कै पनि हाम्रो उद्देश्य तन, मन, हृदयम गरी दार्चुला जिल्लालाई त्यतब िक्बलष्तबतष्यल पूर्ण सरसफाइमा छिटै नै अरु जिल्लाको प्रतिष्पर्धामा अग्रेणी भुमिका खेल्न सक्ने बनाउन सकिन्छ । हामी सबैको सहयोग, सहकार्य तथा समन्वयमा (हाम्रो सपनालाई दार्चुला जिल्लाको सान, पूर्ण सरसफाइ युक्त हाम्रो अभियान”) भन्ने भनाईलाई पक्कै पनि पूर्ण सरसफाइको यात्रामा सबैको शत प्रयासमा हातेमालो गरी आनी–बानी परिबर्तन तथा समाजमा रुपान्तरण गरी दार्चुला जिल्लालाई पूर्ण सरसफाइमा नमूना पहिलो जिल्ला बनाउन सकिन्छ ।
राज कुमार घिमिरे
सुचना ब्यवस्थापन अधिकृत
नेपाल रेडक्रस सोसाइटी