लाली पुल निर्माण कार्य सम्पन भएतापनि सञ्चालनमा आएन 

५ बर्ष अघि

२0७५ माघ १३ आईतवार

लाली पुल निर्माण कार्य सम्पन भएतापनि सञ्चालनमा आएन 

ललित सामन्त,माघ १३ दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वाड नम्बर ३ मा पर्ने लाली पुल निर्माण कार्य सम्पन भएको करिब एक डेढ महिना हुनै लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन । नेपाल भारत जोड्ने लाली पुलको काम झण्डै एक डेण्ढ महिना हुनै लाग्दा समेत सञ्चालन आउन नसकेको लेकम गाउँपालिका वाड नम्बर ४ का वडा अध्यक्ष मेहेन्द्र राज जोेशीले बताउनु भयो ।
 २०७३ साल फागुन्न बाट सुरुभएको लाली झोलुङगे पुलको निर्माण कार्य सम्पन भएको एक डेढ महिना हुदा समेत पुल सञ्चालनमा आउन नसकेको वडा अध्यक्ष जोशीले जानकारी दिनु भएको छ । २०७३ साल फागुन्न महिनाबाट सुरु भएको काम २०७५ पुस २ गते मनमालिका कन्टूसनले प्रालीका ठेकेदार रघुविर सिह साउदले उतm पुलको काम सम्पन भएको बताएता पनि झोलुङगे पुल सञ्चालनमा आउन सकेको छैन ।
 २०७३ फागुन्न महिनातिर कामको थालनी गरिएको भएता पनि अहिले सम्म स्थानीयहरुले आवत जावत गर्ने सकेका छैन । पुल सञ्चालनको काममा केही भारत तर्फ भारतीय सरकारले अवरोधका कारण पनि पुल निर्माण कार्य बेलामानै सम्पन भएता पनि सम्पन भएको एक डेढ महिना हुनै लाग्दा समेत भारत सरकारले आनाकानी गरेकाले समस्या भएको वडा अध्यक्ष महेन्द्र राज जोशीले बताउनु भयो । यता निर्माण सम्पन भएपनि औपचारीक रुपमा सञ्चालन भने झोलुङगे पुल महाशाखा बाट प्रावधिक टोली आएर पुलको चेकजाँच गरेपछिमात्रै पुलको औपचारीक रुपले सञ्चालनमा आउने मालिकार्जुन कन्टूक्सन प्रालीका ठेकेदार रघुविर सिह साउदले बताउनु भयो । साउदका अनुसार गत महिनाको ५÷६ गते नै प्राविधिकहरुको टोली पुग्ने बताइएको भएतापनि अहिले सम्म पनि प्राविधिक टोली नआउदा यस्तो समस्या आएको ठेकेदार साउदले बताए । 
पुलको सम्झौता हुने बेला १ करोड २ लाखमा पुल निर्माण गर्ने सम्झौता भएपनि पुल निर्माण सकिदा सम्म १ करोड ७ लाख पुगेको पनि मनमालिका कन्टूक्सन प्रालीका ठेकेदार रघुविर सिह साउदले बताउनु भयो । सुरुमा १ करोड २ लाखमा १ सय ९५ मिटर लम्बाईको पुल  निर्माण गर्ने सम्झौता भएको थियो भने अहिले पुलको लम्बाई पनि बढेकाले लागत पनि बढेको हो । १ सय ९५ मिटर लम्बाईको पुल निर्माण गर्ने सम्झौता भएतापनि हाल आएर २ सय ५ मिटर लम्बाईको पुल निर्माण गरिएको हो । सुरुमा पुल निर्माण गर्ने लागिएको स्थानमा नदीले कटान गर्ने गर्ने देखिएपछि पहिलेको भन्दा केही उचाइमा पुल सुरुमा पुल निर्माण गर्ने लागिएको स्थानमा नदीले कटान गर्ने गर्ने देखिएपछि पहिलेको भन्दा केही उचाइमा पुल निर्माण गरिदा पुलको लम्बाई थप गर्नु परेको थियो । पुलको लम्बाई बढेसंगै पुलको लागत पनि बढेको ठेकेदार साउदले जानकारी दिनु भएको छ । पुल सञ्चालनमा नआउदा स्थानीयहरुलाई समस्या हुने गरेको छ ।