दार्चुला महोत्सवमा भारतीय कलाकारहरुको पनि सहभागिता रहने 

५ बर्ष अघि

२0७५ माघ १२ शनिबार

दार्चुला महोत्सवमा भारतीय कलाकारहरुको पनि सहभागिता रहने 

ललित सामन्त,माघ १२ दार्चुला । यहि माघ २५ गते देखि फागुन्न ५ गते सम्म सञ्चालन हुने सुदुरपश्चिम पर्यटन मेला तथा दार्चुला महोत्सवको तयारी त्रिब पारीए संगै दार्चुला उद्योग बाणिज्य संघ द्धारा आयोजना हुने दार्चुला महोत्सवमा छिमेकी राष्ट भारतका कलाकारहरुको पनि सहभागिता रहने दार्चुला उद्योग वाणिज्य संघका महासचिव मिलन राज अवस्थीले बताउनु भयो । महोत्सवमा विभिन्न ८ वटा समितिहरु बनाएर महोत्सवको तयारी त्रिब बनाएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ । दार्चुला महोत्सवमा विभिन्न स्टलहरु,मञ्च व्यवस्थापन ,कलाकारहरुको,टुंगो लागिसकेको छ । 
महोत्सवको विभिन्न तयारी लगभग अन्तिम चरण पुगेको र बाकी कामहरु पनि त्रिबगतिले अगाडी बडाई रहेको वाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । 
सुदुरपश्चिमेली कला सांस्कृतिक झलक,दार्चुला जिल्लाका फरक,फरक रितिरिवाज झल्काउने उद्देश्यले दार्चुला उद्योग बाणिज्य संघले तेस्रो पटक दार्चुला महोत्सवको आयोजना गर्ने लागेको बाणिज्य संघले जनाएको छ । महोत्सवमा नेपाल लगायत भारतीय कलाकारहरुको पनि सहभागिता रहने भएको छ  । नेपाल तिरका चर्चित कलाकारहरु रामजी खाण,विष्णु खत्री,ज्योति मगर,बद्री पंगेनी,तारा थापा,हेमा रानामगर श्रीकृष्ण क्षेत्री,चक्र बम,सिर्जना हुमागाई,मनिष खड्का,प्रिती आले,बैकुण्ठ महत,चन्दा अर्याल,लगायत भारतीय नारायण सोराडी र वेवी प्रियंका कलाकाहरुको सहभागिता रहने भएको छ ।  दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।