दार्चुलाका चार वटा सडकहरु कालोपत्रे गरिने ,बहुवर्षिय ठेक्का मार्फत काम अगाडी बढाउन मन्त्रालयको निर्देशन 

५ बर्ष अघि

२0७५ माघ १२ शनिबार

दार्चुलाका चार वटा सडकहरु कालोपत्रे गरिने ,बहुवर्षिय ठेक्का मार्फत काम अगाडी बढाउन मन्त्रालयको निर्देशन 

ललित सामन्त,माघ ११ दार्चुला । दार्चुला जिल्लाका विभिनन चारओटा सडक खण्डको कालोपत्रे गरिने भएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाको पहलमा जिल्लाका चारओटा सडक खण्ड कालोपत्रे गरिने भएको हो ।
महाकाली लोकमार्गको विकल्पमा रहेको देथला–खार–खलंगा सडक, बिटुले–पारीबगड–खण्डेश्वरी सडक र भर्तोला–उकु–शेरा सडक खण्डमा कालोपत्रेका लागि प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले मन्त्रालयलाई निवेदन गरेका छन् । यस्तै दार्चुला तिंकर सडक सडक खण्ड अन्तरगत पर्ने खलंगा–सुन्सेरा सडक खण्डमा समेत कालोपत्रेका लागि सांसद ठगुन्नाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निवेदन दिएका हुन् । यस्तै महाकाली कोरिडोर अन्तरगत पर्ने धन्थला सडक खण्डमा मोटरेबल पक्की पुल समेत निर्माण गर्न सांसद ठगुन्नाले मन्त्रालयलाई आग्रह गर्नु भएको थियो ।
दार्चुलाबाट निर्वाचित सांसद ठगुन्नाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लिखित अनुरोध गरेको सांसद ठगु्न्नका सोकिय सचिव दौलतसिँह ठगुन्नाले जानकारी दिनुभयो । माघ ८ गते सांसद ठगुन्नाले मन्त्रालयमा लिखित अनुरोध गरेपछि मन्त्रालयले सम्बन्धीत पक्षलाई कामकारबाही अगाडी बढाउन निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक भिडिजन कार्यालय बैतडी र दार्चुला तिंकर सडक आयोजना दार्चुलालाई उक्त काम गर्न निर्देशन गरेको छ ।
नेकपा सांसद गणेशसिँह ठगुन्नाको माघ ८ गतेको लिखित अनुरोध पश्चात् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत राजेश उप्रेतीले उक्त निर्देशन दिएका हुन् । जिल्लाका विभिन्न यी चार ओटा सडक अर्थात् देथला–खार–खलंगा सडकखण्ड, बिटुले–पारीबगड–खण्डेश्वरी सडक र भर्तोला–जौलजीवि–सेरा सडक र खलंगा–सुन्सेरा सडकमा कालो पत्र गर्ने यी दुबै कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । 
दार्चुला तिंकर सडक खण्ड अन्तरगत खलंगा–हुतीसम्म ट्«याक खोलिएको छ, र फागुन महिनासम्म व्याँसको सुन्सेरा सडक पु¥याउने लक्ष्य दार्चुला तिंकर सडक आयोजनाले लिएको छ । यस्तै बिटुले–पारीबगड–खण्डेश्वरी सडक खण्डको सडक डिभजन पाटन बैतडीले विस्तार कार्य गरिरहेको थियो । गत वर्षदेखि नै सडक डिभिजन कार्यालय पाटन बैतडीले उक्त सडक खण्ड फराकिलो बनाउने कार्य समेत गरेको थियो । यस्तै जिल्लाको महाकाली लोकमार्ग अर्थात् गोकुलेश्वर–खलंगा सडक खण्ड भन्दा छोटो पर्ने देथला–खार–खलंगा सडक खण्ड कालोपत्रेका लागि मन्त्रालयले निर्देशन गरेको छ ।