जौलजीबीदेखि नोटिफाइड एरीयाको माग राख्दैँ विरोध

५ बर्ष अघि

२0७५ माघ ११ शुक्रबार

जौलजीबीदेखि नोटिफाइड एरीयाको माग राख्दैँ विरोध

सुलोचना महता, माघ ११ दार्चुला । नेपाल भारत जोड्ने अन्र्तराष्ट्रिय पुल जौलजीबी देखि माथिका सबै सीमावर्ती क्षेत्रमा नोटिफाइड एरियाको माग राख्दैँ भारतको धारचुलामा शुत्रबार विरोध प्रदर्शन भएको छ । छिमेकी मुलुक भारतको धारचुला नेपाल भारत जोड्ने अन्र्तराष्ट्रिय पुलघाटस्थित धारचुला तहसिलका बासिन्दाले “धारचुला बचाओ अभियान” अन्र्तगत नोटिफाइड एरिया जौलजीबी लाऔँ भन्ने नाराका साथ प्रदशर्नी गरेका छन् ।

सीमा क्षेत्रमा बाहिरी मानिसहरुको आगमन संख्या वृद्धि, स्थानीयको व्यापार प्रभावित हुनुको साथै स्थानीय युवाहरु बाहिरीदैँ गएको भन्दैँ नोटिफाइड एरियाको माग राखेको धारचुला विधानसभा अध्यक्ष सुरेन्द्र सिँह धोनीले बताए । नोटिफाइड एरिया भएमा नेपाली नागरिकले भारतीय प्रशासन तथा सुरक्षाकर्मीको लिखित अनुमति लिएरमात्र भारतमा प्रवेश गर्न सक्नेछन् । त्यसै गरी स्थानीय बासिन्दा बाहेक भारतिय नागरिकले नेपाल प्रवेश चाहेमा स्थानीय प्रशासनको अनुमति लिएरमात्र प्रवेश गर्न पाउने छन् । नोटिफाइड एरियाको माग पुरा भएमा नेपाल तर्फ मालिकार्जुन वडा नम्बर ७ जोलजीबी देखि माथिका सबै सीमावर्ती क्षेत्रका स्थानीय प्रभावित हुने भएका छन् । अहिले धारचुला तहसिलअन्र्तगत छियालेखदेखि माथिमात्रै नोटिफाइड एरिया रहेको छ ।