दार्चुला आइडलका लागि  दुइ वटा स्थानीय तहबाट ६ जना छनोट 

५ बर्ष अघि

२0७५ माघ १0 बिहीबार

दार्चुला आइडलका लागि  दुइ वटा स्थानीय तहबाट ६ जना छनोट 

ललित सामन्त,माघ १०दार्चुला । पहिलो पटक दार्चुला जिल्लामा सञ्चालन भइरहेको दार्चुला आइडलमा दार्चुलाका २ वटा स्थानीय तहको अपिहिमाल बाट ११ जना र मार्मा गाउँपालिका बाट ५१ जना गरी जम्मा ६१ जना मध्ये दुई वटा स्थानीय  अपि हिमाल बाट लक्की बोहरा गौतम ठेकरे र सपना लोथ्याल गरी ३ जना र मार्मा गाउँपालिकामा मालती बोहरा ,सुनिल धामी र युव राज जोशीगरी जम्मा ३   जना गरी ६ जनाले दार्चुला आइडलमा भाग लिने भएका छन् । दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको फेबरेट मिडियाका प्रबन्धक कृष्ण सिह धामीले बताउनु भयो । दार्चुला आइडल बिहिबार दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालन भइरहेको छ ।
दार्चुलाका नौ वटा स्थानीय तह हरुबाट कम्तीमा ३ —३ जना छनोट हुने बताइएको छ । जनामात्र छनोट हुने पनि प्रबन्धक धामीले बताउनु भयो । जिल्लाका नौ वटै स्थानीयतहमा माघ २० गते सम्म सञ्चालन हुने भएको छ । दोस्रो राउण्डको लागि भने माघ २४ गते जिल्ला सदरमुकाम क्षेत्रमा र फाइनल राउण्ड फागुन्न ४ गते जिल्ला सदरमुकाम क्षेत्रमा हुने संयोजक सुमित्रा कुवरे बताउनु भयो । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ ।