दार्चुला महोत्वसवका लागि मञ्च बनाउदैँ

५ बर्ष अघि

२0७५ माघ १0 बिहीबार

दार्चुला महोत्वसवका लागि मञ्च बनाउदैँ

दिपक सिह धामी , माघ १० दार्चुला । यहि माघ २५ गते देखि फागुन्न ५ गते सम्म सञ्चाल हुने दार्चुला महोत्सवका लागि दार्चुला उद्योग बाणिज्य संघले आफनो कामलाई तिव्रता दिएको छ । यसैविच दार्चुला गद्योग बाणिज्य संघले महात्सवका लागि फिल्ड निर्माण कार्यलाई अन्तिम रुपदिएको छ । दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ५ विरेन्द्र वनमा रहेको नेपाली सेनाको जमिनमा महोत्सवका लागि फिल्ड निर्माण गर्ने लागेको दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाले बताउनु भयो । यस्तै महोत्सवका लागि मञ्च बनाउने काम घेरबार लगाउने काम बाकी रहेको पनि बाणिज्य संघका अध्यक्ष ठगुन्नाले जानकारी दिनु भएको छ । 
आज मात्रै धनगढीबाट मञ्चका लागि समानहरु हिडि सकेको पनि अध्यक्ष ठगुन्नाले बताए । यस्तै दार्चुला उद्योग बाणिज्य संघले दार्चुला स्थानीय सरकारहरु देखि लिएर केन्द सरकारहरु संग पनि समन्वय गरिसकेको छ । यस्तै राष्ट्रिय कलाकारहरुको पनि टुङगो लागि सकेको बाणिज्य संघका महासचिव मिलन राज अवस्थीले बताउनु भयो ।   
दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।