दार्चुला आईडल आजबाट सुरु, स्थानीयतहको प्रमुख पालिका अपिहिमाल 

५ बर्ष अघि

२0७५ माघ ८ मंगलवार

दार्चुला आईडल आजबाट सुरु, स्थानीयतहको प्रमुख पालिका अपिहिमाल 

ललित सामन्त,माघ ८ दार्चुला । दार्चुला आईडल आजबाट सुरु भएको छ । दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने उद्देश्यको साथ जिल्लामा क्रियाशील सर्जकहरुको संस्था दार्चुला कला केन्द्रको संयोजक र फेबरेट मिडियाको आयोजनामा हुन लागेको दार्चुला आईडलको आज पहिलो दिन दार्चुलाको अपिहिमाल गाउँपालिका बाट सुरु भएको छ । स्थानीय तहको प्रमुख गाउँपालिका अपिहिमाल गाउँपालिकामा आज पहिलो दिन दार्चुला आइडल हुन लागेको फेबरट मिडियाका प्रबन्धक कृष्ण सिह धामीले बताउनु भयो । यस्तै भोली दार्चुलाको मार्मा गाउँपालिकामा हुने भएको छ । 
दार्चुलाका नौ वटा स्थानीय तह हरुबाट २—२ जनामात्र छनोट हुने पनि प्रबन्धक धामीले बताउनु भयो । जिल्लाका नौ वटै स्थानीयतहमा माघ २० गते सम्म सञ्चालन हुने भएको छ । दोस्रो राउण्डको लागि भने माघ २४ गते जिल्ला सदरमुकाम क्षेत्रमा र फाइनल राउण्ड फागुन्न ४ गते जिल्ला सदरमुकाम क्षेत्रमा हुने संयोजक सुमित्रा कुवरे बताउनु भयो । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने आयोजकले जनाएको छ ।