सदुरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर, किसान खुसी 

५ बर्ष अघि

२0७५ माघ ८ मंगलवार

सदुरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर, किसान खुसी 


सुलोचना महता, माघ ८ दार्चुला । सुदुरपश्चिमका दार्चुला लगायत पहाडी जिल्लाहरुमा गए राति देखि मौसममा बदली भई भारी वर्षासँगै हिमपात शुरु भएको छ । सुदुरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र बझाङ लगायत उच्च भु— भागमा भारी वर्षा सँगै हिमपात भएपछि चिसो वृद्धि भई जनजीवन कष्टकर बन्दैँ गएको छ ।

दार्चुला जिल्लाको व्यासँ, दुहुँ, नौगाड, अपिहिमाल, मार्मा, लेकम, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर र महाकाली नगरपालिका गरी नौ वटै स्थानीय तहका उच्च भू—भागमा हिमपात भएको छ । हिमपात भई चिसो बढ्नुका साथै विभिन्न काम गर्न देखि आवतजावतमा समस्या भएको अपिहिमाल गाउँपालिकाका स्थानीय दिलेन्द्र ठेकरेले जानकारी दिए । चिसोका कारण बुढापाखा र बालबालिका बढी प्रभावित हुने हुदाँ स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव दिएका छन् ।
सदुरपश्चिमका पहाडी जिल्लाका किसानहरु आकाशे पानीको भरमा खेती गर्ने भएको हुदाँ यसपाली पटक÷पटक वर्षा हुदाँ बालीनाली सप्रने आशाले खुसी भएका छन् । समय समयमा वर्षा हुदाँ गुहुँ, जौ लगायतका हिउँदेबाली राम्रो सँग फल्ने मार्मा गाउँपालिकाका किसान दिपेन्द्र बिष्टले बताए ।  यसपाली पुस महिनामा दुर्इ पटक र माघ महिनामा एक पटक गरी हाल सम्म तिन पटक हिमपात भएकाे छ ।