दार्चुला महोत्सव आउन १७ दिन बाकी, ६० प्रतिशत काम  सम्पन

५ बर्ष अघि

२0७५ माघ ८ मंगलवार

दार्चुला महोत्सव आउन १७ दिन बाकी, ६० प्रतिशत काम  सम्पन

ललित सामन्त, माघ ८ दार्चुला । आउदो माघ २५ गते देखि फागुन्न ५ गते सम्म सञ्चालन हुने दार्चुला महोत्सव आउन जम्मा १७ दिन अर्थात दुई हप्ता ३ दिन बाकी रहेको छ । यसैविच दार्चुला उद्योग बाणिज्य संघले आफनो कामलाई पनि तिव्रता दिएको छ । मंगलबार  सम्म दार्चुला उद्योग बाणिज्य संघले लगभग ६० प्रतिशत काम सम्पन गरेको दार्चुला उद्योग बाणिज्य संघका महासचिव मिलन राज अवस्थीले बताउनु भयो । अवस्थीका अनुसार दार्चुला महोसत्वका लागि कलाकारहरुको टुड्डगो लागि सकेको र टेन्सहाउसको टिम पनि भोली सम्म पुग्ने बताउनु भयो । 
 कलाकारहरुमा महेश औजी,विष्णु खत्री,तारा थापा,हेमा रानामगर,श्रीकृण क्षेत्री,चक्र बम,सिर्जना,हुमागाई,मनिष खडका,प्रिति आले,वैकुण्ठ महत,चन्दा अर्याल,सुरेस शाही,पुष्पा बोहरा,रामजी खाँड,सिर्जना खत्री,आरजे भट्ट,ज्योति मगर,मनोज धामी,बद्री पंगेनी,जीवन दाहाल र यस्तै भारतीय कलाकाहरु नारायण सोराडी र वेवी प्रियंका रहेका छन् । उद्घोषकमा कृष्ण धामी र चर्चित गाइका उमा देवी खनाल रहेका छन् । यस्तै औपचारीक कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामी नेपाल पर्यटन पत्रकार सुदुरपश्चिम प्रदेशका महासचिव कृष्ण सिह धामी र अमर सिह महरा रहेको महासचिव अवस्थीले बताउनु भयो । 
दार्चुला उद्योग बाणिज्य संघले कलाकारहरुका लागि १० लाख देखि १५ लाख सम्मको खर्च हुने अनुमान गरेको बाणिज्य संघका सचिव अवस्थीले बताए । यस्तै दार्चुलाका विभिन्न ठाउँको भेषभुषाका लागि सम्बधित व्यतिmहरु पनि ताकिन लागेको बाणिज्य संघले जनाएको छ । दार्चुला उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवमा दार्चुलाका नौ वटै स्थानीय तहहरु संग समन्वय भइसकेको र प्रदेश केन्द्रीय सरकार संग पनि समन्वय भइसकेको दार्चुला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मदन सिह बुढाथोकीले बताउनु भयो । 
दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।