यातायातमा मनपरी, ठगिदैँ यात्रु

५ बर्ष अघि

२0७५ माघ ७ सोमबार

यातायातमा मनपरी, ठगिदैँ यात्रु

सुलाेचना महता,माघ ७ दार्चुला ।दार्चुला जिल्लामा पछिल्लो समय यातायातमा मनपरी हुदाँ यात्रुहरु ठगिदैँ गएका छन् । जिल्लाको नौगाड, मार्मा, दुहुँ लगायत अन्य क्षेत्रमा चल्ने गाडीमा मनपरी ढङगले यात्रु बोक्ने देखि लिएर सरकारी मापदण्डलाई नै मिचेर यातायात व्यवसायीहरुले चर्को भाडा लिइने गरेको खुलेको छ ।
जीप व्यवसायीहरुले बढी भाडा असुल्ने गर्दा सर्वसाधारण जनता मार्कामा परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जीपको छत र अवैधानिक रुपमा पछाडीका सीट हटाएपछि जीपधनीहरुले यातायातमा मनपरी यात्रु बोक्ने देखि लिएर भाडा दोब्बर÷तेब्बर भाडा असुली रहेका छन् । सोमबार बिहान नौगाड गाउँपालिकाको होपरी गाड देखि सदरमुकामको बङगाबगड सम्मको सडक खण्डमा चलिरहेको से १ ज ९०८ नम्बर र म १ ज २७० नम्बरको जिपहरुले नियम तोडेर मनपरी ढङगले यात्रु बोकेर ल्याएका छन् ।

जीपहरुले पछाडीको सीट हटाए देखि तोकिएको भाडामा यात्रुहरुलाई लैँजान नमानेपछि सर्वसाधारण जनता मार्कामा परिरहेको छन् । सदरमुकाम देखि दल्लेख सम्म पुग्दाँ सर्वसाधारण जनताबाट ३ सय देखि ५ सय सम्म मनपरी ढङगले जीप व्यवसायीहरुले भाडा असुली गरी रहेको नौगाड गाउँपालिका वडा नम्बर २ बस्ने सन्तोष सिँह ठगुन्ना बताए । यातायातमा मनपरी हुन थालेपछि पैसा भएकाहरुका लागि सामान्य भएपनि खान लाउन धौ धौ पर्ने सर्वसाधारण जनता लगायत विद्यार्थीहरु मारमा परिरहेका छन् । आवतजावत गर्दा सोही बाटो भएर जानु पर्ने भएकाले बढी भाडा असुली गरीरहेको गाडी चालकको नाममा उजुरी दिदाँ सर्वसाधारण जनतालाई नै गाह्रो हुने भएकाले उजुरी गर्न नसकेको ठगुन्नाको भनाई छ । 
सदरमुकाम देखि लटिनाथ, पारीबगड सम्म पुग्नका लागि पहिले ४ सय जति रुपैँया भाडा तिर्ने गरेकोमा हाल १ हजार रुपैँया भाडा लिइरहेको हुदाँ असहज भएको अपिहिमाल गाउँपालिकाका स्थानीय सोवन लोथ्यालले बताए । दार्चुला जिल्लाबाट धनगढी जानको लागि ९ सय रुपैँया भाडा भएपनि जिल्लाभित्रै रहेका सय किलोमिटरका दुरीका सडकहरुमा दोब्बर÷तेब्बर असुली रहेको हुदाँ अपिहिमाल गाउँबासी लगायत सर्वसाधारण जनता बढी मर्कामा पर्ने गरेको  लोथ्यालले जानकारी दिए । जीपहरुको पछाडीको सीट हटाइएपछि जीप व्यवसायीहरुले त्यसमा लाग्ने तेल तथा भाडा गरी भाडा असुल हुने गरी लिइरहेको महाकाली यातायात व्यवसायी समितिका काउन्टर लबदेव अवस्थीले बताए । 
जिल्लामा ट्राफिक चेकजाचँ कडाका साथ भइरहेको तथा यातायातमा मनपरी भयो भनेर गुनासो बाहीर आउने गरेतापनि प्रहरी कहाँ कुनै पनि गुनासो नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले बताए ।

यातायातमा मनपरी ढङगले यात्रु बोक्ने, बढी भाडा असुली भयो भनेर चर्को आवाज आउने गरेपनि हाल सम्म प्रहरीमा उजुरी गर्न नसकेको खण्डमा यातायात व्यवसायीहरु माथि कारबाही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवसायी समितिका अध्यक्ष खुमकान्त आचार्यले बताए । विद्यार्थी समुह लगायत अन्य क्षेत्रबाट यातायातमा मनपरी भयो भनेर ज्ञापन पत्र तथा ध्यानार्कषण पत्र मात्र आउने र उजुरी कसैले नगर्ने हुदाँ केही गर्न नसकिएको उनले बताए ।  
यातायातमा मनपरी भयो भन्दैँ चर्को आवाज आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुस ९ गते स्थानीय सरकारका प्रमुख, प्रहरी प्रशासन, राजनितिक दल, जीप व्यवसायी लगायत सरोकारवालाहरुको सर्वपक्षिय बैठकले पाचँ सिट मात्रै रहेका जिपहरुको थप सिट बन्दबडी गाडी बनाउन एक महिनाको समय तोकेको तथा सरकारी दरमा भाडा असुल्ने, यातायातमा मनपरी गर्नेलाई कारबाही हुने गरी निणर्य गरेतापनि हालसम्म कार्यान्वय हुन नसकेको स्थानीयहरुले बताए ।