दार्चुलाका स्थानीय तहहरुमा काम भन्दा पनि समस्या धेरै

५ बर्ष अघि

२0७५ माघ ७ सोमबार

दार्चुलाका स्थानीय तहहरुमा काम भन्दा पनि समस्या धेरै

ललित सामन्त,माघ ७ दार्चुला । दार्चुलाका स्थानीय तहहरुमा पछिल्लो समय काम भन्दा पनि समस्या धेरै रहेको दार्चुलाका स्थानीय तह प्रमुखहरुले बताउने गरेका छन् ।
गाउँ —गाउँमा सिहंदरबारको अधिकार पुयाउने उद्देश्यसहित गठित स्थानीय तहको कामकाज  दार्चुलामा प्रभावकारी हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधिहरु आएको करिब एक डेढ वर्ष हुनै लाग्दा समेत दार्चुलाका स्थानीयतहले गरेका कामहरुले गतिलिन सकेको छैन । यसको प्रमुख कारण हो स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुनु र अर्का कारण स्थानीय तहका निति नियम काम कारवाहीमा ढिलाई हुनु ।

 दार्चुलाका नौ वटै स्थानीय तहका ६१ वडा मध्ये २० वडामा स्थानीय तह गठन भएको  करिब एक डेढ वर्ष हुनै लाग्दा समेत वडा सचिव विहिन छन् । केही मोटरबाटो मर्मत र साना ट्रयाक खोल्नेबाहेक विकास निर्माणको कामले गति लिएको छैन ।दार्चुला जिल्लाका दुई वटा नगरपालिका र सातवटा गाउँपालिका गरी नौ वटा पालिका मध्ये सबभन्दा बढी नौगाढ गाउँपालिकाले मात्रै पुँजीगत बजेट खर्च गरेको छ । ५५ लाख रुपैँया पँुजीगत बजेट रहेको नौगाड गाउँपालिकाले पुस महिना सम्म मात्रै २७ लाख ५० हजार रुपैँया खर्च गरेको छ भने अन्य ८ वटा स्थानीयतहको पुँजिगत बजेट खर्च सुन्य रहेको छ । 

 धेरै स्थानीय तहले गाउँ र नगरसभा कार्यविधि मात्र बनाएर काम गरिरहेका छन् । दार्चुलाका धेरै जसो स्थानीय तहहरुमा पा्रविधिकहरुको दरबन्दी खाली नै रहेको छ । स्थानीय तहले करारमा नियुक्ति दिएका प्राविधिक तथा अन्य कर्मचारीमा काम गर्ने अनुभवको कमी छ जसको कारण विकास निर्माणका काम अघि बढ्न नसक्दा नागरिक मात्र होइन जनप्रतिनिधिहरु पनि निराश जस्तै देखिन्छ ।