महाकाली नदिबाट हुने जोखिम न्युनिकरणका लागि पूर्व सतर्कता 

६ बर्ष अघि

२0७५ बैशाख ३१ सोमबार

महाकाली नदिबाट हुने जोखिम न्युनिकरणका लागि पूर्व सतर्कता 

दृष्टिकोण समाचार दार्चुला , दक्षिण एसियाली अन्तरदेशिय सीमानदिको पानीको सामुदायिक सदुपयोग कार्यक्रम ट्रोसाले व्याँस गाउँपालिकाको वडा नम्बर ५ तिगरमस्थित महाकाली नदिमा पानीको बहाव मापन गर्ने पूर्व सूचना प्रणाली जडान गर्न लागेको छ । दार्चुला सदरमुकाम तथा नदि किनारका स्थानीयलाई नदिले पार्ने प्रभावको पूर्व सूचना दिई उनीहरुलाई सम्भावित खतराबाट मुक्त गराउने उद्देश्यले कार्यक्रमले पूर्व सूचना प्रणाली जडान गर्न लागेको ट्रोसा कार्यक्रमका लागि कार्यक्रम संयोजक संकल्प दार्चुलाका नारायण जोशीले जानकारी दिनुभयो ।
पूर्व सूचना प्रणाली जडान पश्चात उक्त प्रविधिले स्याटेलाइटको माध्यमबाट जिल्लामा जिल्ला प्रशासन कार्यलय मार्फत विपत व्यवस्थापनमा काम गर्ने निकाय तथा जल तथा मौसम मापन विभागमा जानकारी गराउने छ । 
दार्चुला सदरमुकाम देखि १५ किलोमिटर उत्तरमा रहेको व्याँस गाउँपालिकाको तिगरममा जडान हुने उक्त पूर्व सूचना प्रणाली जडानमा ५० लाख भन्दा बढी रुपैँया लाग्ने र चालु आर्थिक बर्ष भित्रै काम सुरु हुने कार्यक्रम संयोजक नारायन जोशीले जानकारी दिनुभयो । अहिले प्रेक्टीकल एक्सनले उक्त कार्यका लागि फिल्ड छानौट देखि सर्भेको काम गरेका ट्रोसा कार्यक्रमका धौलाकोट सामाजिक परिचालक कलावती धामीले जानकारी दिनुभायो ।