८० लाख लागतमा आफनै भवन निर्माण गदै नौगाड गाउँपालिका 

५ बर्ष अघि

२0७५ माघ ७ सोमबार

८० लाख लागतमा आफनै भवन निर्माण गदै नौगाड गाउँपालिका 

ललित सामन्त,माघ ७ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकाले करिब ८० लाख लागतमा गाउँपालिकाको भवन निर्माण गर्ने लागेको छ । संङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिहरुले भवन अभावका कारण नौगाड गाउँपालिकाको वार्ड नम्बर ६ धुलिगाडामा सपथ ग्रहण गरेका थियो । ठाउँ अभावका कारण अहिले गाउँपालिकाले आफनै भवन निर्माण गर्ने लागेको गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्नाले बताउनु भयो । 
अहिले गाउँलेको ठुलो सहयोगबाट ७ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफनै भवन निर्माण गर्न सफल भएको पनि उपाध्यक्ष ठगुन्नाले बताउनु भयो । शुरुमा अस्थायी केन्द्रका रुपमा अहिलेको धुलिगाडा वाड नम्बर ६ को  स्कुल बाट १ कोठा भाडामा लिएर जनताहरुलाई सेवा दिइरहेका थियौ उपाध्यक्ष ठगुन्नाले बताए ।

अध्यक्ष प्रेम सिह धामीका अनुसार पछि सबैको पाइप पर्ने ठाउँ छनोट गरेर होपरी गाडमा जग्गा उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो । 
गाउँपालिकाको कार्यालय निर्माण गर्न गत आर्थिक बर्ष २०७४—०७५को बजेटबाट ३० लाख र यो आर्थिक वर्ष २०७५—०७६मा रु ५० लाख जम्मा ८० लाखमा निर्माण गर्ने ठेक्का सम्झौता भएपछि अहिले १२ कोठे भवन र एउटा मिटिङ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भएको छ ।  नौगाड गाउँपालिका वाड नम्बर ६होपरी गाडका स्थानीय अर्जुन सिह ठगुन्ना,विर सिह ठगुन्ना र करन सिह ठगुन्नाले गाउँपालिका भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको गाउँपालिकाले जनाएकको छ ।