दार्चुलाका व्यासी सौकाहरुले आज देउसीभैलो खेलेर “गबला ” पर्व मनाउदै 

५ बर्ष अघि

२0७५ माघ ७ सोमबार

दार्चुलाका व्यासी सौकाहरुले आज देउसीभैलो खेलेर “गबला ” पर्व मनाउदै 

ललित सामन्त,माघ ७ दार्चुला । दार्चुला जिल्लाको उत्तरपश्मि क्षेत्रमा बसोबास गर्ने सौका समुदायको सबैभन्दा ठुलो पर्व आज विविध पुजाआजागरि गबला पर्व मनाउदै छन् ।हरेक वर्ष पुष शुक्ल पुर्णिमाका दिन दार्चुलाका सौका समुदायहरुले यो पर्व मनाउने गर्दछन् । 
व्यासी सौका समुदायमा विहान पुजाआजागरि “धच्र्यु चुमो” गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ भने मिठा मिठा खानाका परिकारहरु पकाउने र इष्टमित्रहरुलाई खुवाउने चलन रहेको व्यासँ गाउँपालिका वाड नम्बर २ का वडा अध्यक्ष धिरन सिह बुढाथोकीले बताउनु भयो । यस्तै सौका समुदायले आजकै दिन सिबजीलाई पनि मान्ने र बेलुकी तिर महिला, पुरुष छुटाछुटै देउसी भैइलो खेल्ने चलन रहेको पनि वडा अध्यक्ष बुढाथोकीले बताउनु भयो । दार्चुलाका सौका समुदायमा गबला पर्व मनाएपश्चात् मात्रै विवाह ब्रतबन्ध जस्ता शुभकार्य हुने सौका समुदायका स्यानीय बासिन्दाहरुले बताएका छन् । हिन्दु धर्मालम्बीहरुका अन्य समुदायमा तिहारका बेला दिपावलीको अवसरमा खेल्ने देउसीभैलो सौका समुदायले गबला पर्बका अवसरमा खेल्ने गर्छन् । यो पर्वका अवसरमा इष्टमित्रहरुबीच भेटघाट गर्ने चलन छ ।