राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले  हिन्दु राष्ट्र पुनः स्थापनाको लागि घरदैलो अभियान चलायो 

५ बर्ष अघि

२0७५ माघ ६ आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले  हिन्दु राष्ट्र पुनः स्थापनाको लागि घरदैलो अभियान चलायो 

ललित सामन्त माघ ६ दार्चुला । पछिल्लो समय आफनो राजनितिक गतिविधि तीव्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट पनः स्थापनाको लागि आइतबार देखि  घरदैलो अभियान चलाएको छ । भए संगै दार्चुलामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनः स्थापनाको लागि घरदैलो अभियान चलाएको राष्ट्रिय प्रजातन्त्र पार्टीे दार्चुलाका प्रबक्ता अमर पुरुषले बताउनु भयो ।  
हिन्दु राष्ट्र पुन ः स्थापनालाइ मुल मुद्दा बनाउदै आएको राप्रपाले जनतालाई हिन्दु धर्मको बारेमा जागृत तुल्याउने उद्देश्यले आज देखि अभियान सुरु गरेको प्रबक्ता अमर पुरुषले जानकारी दिनु भयो  । 
हिन्दु राष्ट्र पुनःस्थापनाका लागि माघ १३, १४ र १५  १६गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, जसलाई सफल पार्न राप्रपाले विभिन्न समिति बनाएको छ भने नेताहरुलाई जिम्मेवारी पनि तोकिसकेको जिल्ला अध्यक्ष विर सिह बडालले बताउनु भयो । ।
राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम गर्ने सार्वजनिक गरिसकेको जिल्ला अध्यक्ष विर सिह बडालले बताउनु भयो । । फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । सो यात्रा ताप्लेजुङदेखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै  दार्चुला सम्म पुगाउने लक्ष्य रहेको अध्यक्ष बडालले जानकारी दिनु भएको छ । ।