सरकारी सवारी साधनमा रातो नम्बर प्लेट राखेर प्रयोग

५ बर्ष अघि

२0७५ माघ ६ आईतवार

सरकारी सवारी साधनमा रातो नम्बर प्लेट राखेर प्रयोग

सुलोचना महता, माघ ६ दार्चुला । जिल्लाको महाकाली नगरपालिकामा सरकारी सवारी साधनमा रातो नम्बर राखेर प्रयोग भएको छ । नगरपालिकाका सुचना अधिकारी यज्ञराज लेखक, वडा नम्बर ७ का वडा अध्यक्ष दिनेशराज जोशी लगायत अन्य कर्मचारीहरुले सरकारी सवारी साधनमा रातो नम्बरको प्लेट राखेर प्रयोग गरी रहेका छन् ।

महाकाली नगरपालिका जेन्सी प्रमुख विष्णु बडुका अनुसार विं.स. २०७२ असार २८ गते नगरपालिकाका इनिजिनियर महेन्द्र सिँह डाँगाका लागि से १ ब २६१ नम्बरको मोटरसाइकल र विं.स. २०७४ असार २० गते खरिद गरीएको म १ ब ४६३ नम्बरको मोटरसाइकल नगरपालिका सुचना अधिकारी यज्ञराज लेखकका प्रयोग गरेको हाल प्रयोग गरी रहेका छन् । त्यसैगरी २०७५ असार १० गते से १ ब १०६५ नम्बरको मोटरसाइकल र से १ ब १०६६ नम्बरको मोटरसाइकल नायव सुब्बा विरेन्द्र सिँह धामी र नगरपालिकाका कर्मचारीले प्रयोग गरेको महाकाली नगरपालिका जेन्सी प्रमुख बडुले भन्नु भयो । वडा नम्बर ७ का वडा अध्यक्ष दिनेशराज जोशीका लागि से १ ब १०४३ नम्बरको मोटरसाइकल र वडा नम्बर ९ का वडा सचिव केशबराज जोशीका लागि से १ ब १०४२ नम्बरको मोटरसाइकल नगरपालिकाले खरिद गरेको महाकाली नगरपालिका जेन्सी प्रमुख बडुले बताए ।

नगरपालिकाका इनिजिनियर महेन्द्र सिँह डाँगाका लागि किनिएको मोटर साइकलमा मात्रै सेतो प्लेटमा नम्बर लेखिएको महाकाली नगरपालिका जेन्सी प्रमुख बडुले बताउनु भयो । नगरपालिकाको नाममा केही दिन पहिले मात्रै सरकारी सवारी साधन दर्ता गरीएकाले सेतो प्लेट केही दिन भित्रै राखिने उहाँको भनाई छ । सरकारी सवारी साधनहरुमा सेतो प्लेट राखेर मात्रै प्रयोग गर्नु पर्ने भएपनि हाल सम्म महाकाली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले रातो प्लेट नम्बर राखि प्रयोग गरी रहेका छन् ।