मृतक भट्टको शव आफन्तको जिम्मा लगायो । 

५ बर्ष अघि

२0७५ माघ ६ आईतवार

मृतक भट्टको शव आफन्तको जिम्मा लगायो । 

ललित सामन्त,माघ ६ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ८ धाप घर भइ हाल राष्ट्रिय वाणिज्य बैङ नजिक बस्ने बुवा विशन भट्टका छोरा वर्ष ८ का पारस भट्टको शव आज आईतबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमाटम गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो दिउसो तिर जिल्ला सदरमुकाम खलंगामा रहेको छन्ना तिंकरी कन्या माविमा खेल्ने क्रममा लडेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागी जिल्ला अस्पताल दार्चुला पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेको गरेको थियो ।  पारसको मृत्युका कारण भट्टपरिवार शोकमा डुबेको छ । मुत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिनु भएको छ ।