हटेन व्यासँका स्थानीयहरुको तुइन यात्रा

५ बर्ष अघि

२0७५ माघ ६ आईतवार

हटेन व्यासँका स्थानीयहरुको तुइन यात्रा

ललित सामन्त, माघ ६ दार्चुला । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने व्यासँका स्थानीयहरुले विगत लामो समय देखि तुइन र ट्युबको भरमा आफनो जिवीका चलाइरहेका छन् ।  सिहदरबार घर घरमा भनेतापनि व्यासँका स्थानीयहरुका लागि भने सिहदरबार काठमाण्डौमा नै रहेको स्मरण हुन थालेको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरीका तुइनलाई झोलुंगेपुलले विस्थापित गर्ने निर्णय गरेको थियो  । 
प्रधानमन्त्रीको योजना सुनेर दार्चुलाको  व्यासँ क्षेत्रका वासिन्दा पनि खुशी भएका थिए । तर प्रधानमन्त्री ओली दोस्रो पटक पधान्ममन्त्री भएको पनि ११ महिना हुदा समेत दार्चुलाका २ वटा तुइन बाहेक अरु क्षेत्रमा स्थिति पुरानै देखिन्छ ।दार्चुलाको तिग्रम र लालीमा गरी दुई वटाबाहेक अन्य ठाउँमा झोलुंगे पुल बन्ने सुरसार छैन ।
तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमाथि ९ वटा पुल बनाउने भनिए पनि काम नहुँदा स्थानीय वासिन्दा तुइन र ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
 आफुले यस विषयमा काठमाण्डौ गएर सस्पेन्स व्रिज डिभिजन कार्यालयमा पुगेको र त्यहाँबाट दार्चुलाका तिन वटा क्षेत्रमा तुइन विस्तापन गर्ने व्यासँ क्षेत्रका मलघट्या,लगायत अरु दुइ ठाउँको केन्द्र सरकारले स्कृति गरीसकेको  र भारतीको प्रदेश सरकारले स्कृति नदिएकाले तुइन हटाउने काममा बाधा पुग्न गएको व्यासँ गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनु भयो । 
अहिले दुम्लिङ क्षेत्रमा काठेपुल लगाएर मात्रै यात्रा गरीरहेको पनि अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।   
दार्चुलाको व्यासँ गाउँपालिका भित्र अझै पनि आधा दर्जन क्षेत्रमा तुइन अझैपनि यथावत रहेको व्यासा गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनु भयो । राप्लाको माल, बर्तीघाट, मलघट्टया, डोकट घाँट, नाँजी, स्याँकुलगायतका ठाउँमा तुइन सञ्चालनमा छ । राप्ला, दुम्लिङ, सुन्सेरा, सिना, धौलाकोट, हुती लगायत   करिब आधा दर्जन क्षेत्रमा यात्रा उस्तै छ । 
प्रधानमन्त्रीको तुइन विस्थापन कार्यक्रम अन्तर्गत धौलाकोटको तिग्रममा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण कार्य मात्रै सम्पन भएको र मान्छेहरु आवतजावत गरिरहेका छन् भने दार्चुलाको लेकम गाउँपालिका वाड नम्बर ३ लाली क्षेत्रकोझोलुङगे पुलको निर्माण कार्य सम्पन भएता पनि आवतजावत भने हुन नसकेको लेकम गाउँपालिका वाड नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताउनु भयो । । 
ब्यासका वासिन्दा सदरमुकाम खलंगा आउन पनि भारतीय भूमिबाट आउनुपर्छ । नेपाल भारत जोड्ने झोलुंगे पुलसमेत नहुँदा तुइनबाटै आवतजावत गर्नुपर्ने  स्थिति रहेको व्यासँ गाउँपालिका वाड नम्बर २ का स्थानीय नरेन्द्र सिह धामीले बताउनु भयो । यसरी नदी तर्दा महाकालीमा खसेर धेरैले ज्यानसमेत गुमाएको त्यहाँका स्थानीयहरुले गुनासो गदै आएका छन् ।  
हिउँदमा पानीको सतह कम हुँदा तुइनबाट वारपार गर्दा धेरै डर नभए पनि वषरयाममा नदी ठूलो भएकाले डर हुने सुन्सेराका स्थानीय दुखेसे पोख्दै आएका छन् । 
राप्लाका स्यानीय नरेन्द्र सिह धामीले  तु्इन यात्रा बाध्यता भएको गुनासो गरे । ‘तुइनको यात्रा जोखिमपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि तुइनको यात्रा गर्न बाध्य छौ, पुल भएको भए, नेपालको बाटो भएर सदरमुकामसम्म आइपुग्ने बाटो भएको भए तुइनको यात्रा गर्ने रहर थिएन’ उनले भने ।
तुइनको माध्यमबाटै व्यास  स्थानियहरुले खाद्यान्न सामग्रीदेखि दैनिक उपभोग्य सबै समानहरु तुइनबाटै ढुवानी गर्ने गरेका छन् ।