साथीहरुसंग खेल्दाखेल्दै दार्चुलामा एक बालकको ज्यान गयो ।

५ बर्ष अघि

२0७५ माघ ५ शनिबार

साथीहरुसंग खेल्दाखेल्दै दार्चुलामा एक बालकको ज्यान गयो ।

ललित सामन्त, माघ ५ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ८ धाप घर भएका वर्ष ८ का पारस भट्टको आज शनिबार साथीहरुसंग खेल्दाखेल्दै ज्यान गएको प्रहरीले जनाएको छ । हाल दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ४ स्थित राष्ट्रिय बाणिज्य बैङ नजिक डेरा गरी बस्दै आउनु भएका भट्टको  आज दिउसो कन्या स्कुल नजिक साथीहरु संग खेल्दा खेल्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना के कती कारणले घटेको हो यसको रिपोट आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले बताउनु भयो । अहिले बालकको जिल्ला अस्पताल दार्चुलामा पोष्टमाटम भइरहेको प्रहरीले जनाएको हो ।