भास्कर लघु जलविद्युत आयोजना ३ वर्ष देखि बन्द, गाउँ अन्धकार

५ बर्ष अघि

२0७५ माघ ५ शनिबार

भास्कर लघु जलविद्युत आयोजना ३ वर्ष देखि बन्द, गाउँ अन्धकार

सुलोचना महता, माघ ५ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी अवस्थित भास्कर लद्यु जलविद्युत आयोजना बन्द हुदाँ स्थानीयहरु ३ वर्ष देखि अध्याँरोमा बसिरहेका छन् । मर्मत सम्भार हुन नसक्दा आयोजना जिर्ण भई बन्द भएको हो ।

३५ किलोवाट क्षमता भएको भास्कर लघु जलविद्युत आयोजनाले वि.सं. २०७० साल देखि लगभग २ वर्ष सम्म सय घरपरिवारले बिजुली बलेको भएपनि हाल अन्धकारमा बसिरहेका छन् । बिजुली नहुँदा घरयासी काम देखि लिएर बालबालिकाहरुलाई पठनपाठन गर्न गाह्रो भएको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी बस्ने स्थानीय गौमति ऐरीले बताइन् । जलविद्युत आयोजनामा बिजुली सट भएपछि विद्युतमा प्रयोग भएको ३ वटा डाइहरु लगायत अन्य सामग्री जले देखि नै हाल सम्म पनि आयोजना बन्द भएको बिजुली अपरेटर मोहन सिँह ऐरीले बताए ।

निवार्चनका वेलामा भास्कर लघु जलविद्युत आयोजना पुनःसञ्चालन गर्ने बताएपनि स्थानीय सरकार बनेको २ वर्ष हुन लाग्दा समेत सञ्चालनमा आउनु नसकेको स्थानीयहरुको गुनासो गरेका छन् । स्थानीय सरकार बनेको २÷३ महिना भित्रै भास्कर लघु जलविद्युत आयोजना सुचारु गर्न बैठक बसेर विद्युतको लाईन अस्तबेस्त, जग्गाधनीहरुको विवाद लगायतका समस्या सिर्जना भएतापनि आयोजना सञ्चालन गर्न जति लगानी लगाएर भएपनि सञ्चालन गरीने निणर्य गरेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीले जानकारी दिनु भयो ।

गाउँपालिका भित्रका सम्पूर्ण राजनितिक दल, सरोकारवाला, स्थानीय गरी डेढ सय जनाको सहभागितामा वि.सं. २०७४ माघ महिनामा बैठक बसी आयोजना पुनः सञ्चालन गर्न धेरै समस्या रहेको भनि लिखित र मौखिक पत्र आएको हुदाँ गाउँपालिका भित्र बिजुली पु¥याउनका लागि भारतबाट आयात तथा राष्ट्रिय प्रशारण लाइन जोड्नका लागि पहल गरेको दुहुँ गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो ।

एउटै भास्कर लघु जलविद्युत आयोजनाको जनक बहादुर बमको नेतृत्वमा निमार्ण समिति, कर्ण बहादुर कुवँरको नेतृत्वमा सञ्चालक समिति र जङग बहादुर बमको नेतृत्वमा सङर्घष समिति बनेकोे थियो । सङर्घष समितिले बिजुली सुचारु गर्न सर्वसाधारण जनताहरुसँग केहि रकम उठाएको तथा अन्य २ वटा समितिले विद्युत निमार्ण गर्दा गरेका गतिविधिहरुको जानकारी नभएको हुदाँ आवश्यक छानबिन गरी जवाफदेही बनाउनुका साथै आवश्यक कारबाही गरीने दुहुँ गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

भास्कर लघु जलविद्युत आयोजना पुर्नःसञ्चालन गर्नु गाउँपालिकाको दायित्व भएकाले आवश्यक पहल गरीनुका साथै चालु आर्थिक वर्षको कार्तिक महिना देखि लघु जलविद्युत आयोजनाहरुको व्यवस्थित गर्ने उद्देश्यले “लघु जलविद्युत आयोजना व्यवस्थापन निदेर्शिका” लागु गरीनुका साथै सम्बन्धी समितिलाई पत्रचार समेत गरीएको उहाँको भनाई छ । दुहुँ गाउँपालिका भित्र रहेका भास्कर लघु जलविद्युत आयोजना बाहेक अरु ४ वटा आयोजना सुचारु रहेका छन् ।