बाटोघाटो नहुदाँ अपिहिमाल गाउँपालिकाभित्र खाद्यान्नको समस्या

५ बर्ष अघि

२0७५ माघ ५ शनिबार

बाटोघाटो नहुदाँ अपिहिमाल गाउँपालिकाभित्र खाद्यान्नको समस्या

 ललित सामन्त, माघ ५ दार्चुला । दार्चुला जिल्लाकोअपि हिमाल गाउँपालिकामा खाद्यान्नको अभाव भएको छ ।  खाद्यान्नको अभाव हुदाँ चर्को मूल्यमा चामल किन्नु परेको अपिहिमाल गाउँपालिका वाड नम्बर ३ का वडा अध्यक्ष समुद्र सिह कार्की बताउनु भयो । अहिले पनि दशैतिहारकाको जस्तै चर्को मुल्यमा चामल किनेर स्थानीय वासिन्दाहरुले आफनो जिवीका चलाइरहेको वडा अध्यक्ष कार्र्कीले जानकारी दिनु भएको छ । पछिल्लो समय अपिहिमाल गाउँपालिकामा एक किलो चामलको मुल्य ६० रुपैँया र गहुको ५० रुपैँया  पर्ने गरेको उहाले बताउनु भयो । आफुले पटक पटक नेपाल खाद्यान्न संस्था अञ्चल कार्यालय धनगढीलाई ताकेता गरेता पनि खाद्यान्न संस्था धनगढीले कुनै चासो नदेखाएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो ।
 अपिहिमाल गाउँपालिकामा प्रमुख खाद्यान्नको समस्या बाटोघाटो नभएकाले पनि खाद्यान्नको समस्या भएको पनि गाउँपालिका अध्यक्ष मन्यालले जानकारी दिनु भयो । सडक सञ्जालले अहिले मकरी गाड हाइडो«पावरले काम गरिरहेकाले  सडक बनाउने काममा पनि समस्या भएको अपिहिमाल गाउँपालिका वाड नम्बर ४ का वडा अध्यक्ष रविन्द्र सिह बोहराले बताउनु भयो । र उतm क्षेत्रमा २ महिना देखि सडक अलपत्र परेको हो । खाद्यान्नमा खच्चर लगाएता पनि घुमाउरो बाटोका कारण खाद्यान्न ढुवानीमा समस्या आएको वडा अध्यक्ष बोहराले जानकारी दिनुभएको छ । सडक नहुदा  अपिहिमाल गाउँपालिकामा विकासका काममा पनि समस्या भएको उहाँले बताउनु भयो ।
 दार्चुलाको अपिहिमाल गाउँपालिका भित्र खाद्यान्नको प्रमुख समस्या पनि सडक नै देखीएको छ ।  अहिले पनि दार्चुलाको अपिहिमाल गाउँपालिकामा खच्चरले नै बोकेर खाद्यान्न ढुवानी गर्ने लागेको अध्यक्ष धामीले बताउनु भयो । बेला बेला अपिहिमाल गाउँपालिकामा खाद्यान्नको समस्या हने गरेको र आफुहरु यसमा लागिपरेको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिनु भयो । अपि हिमाल गाउँपालिकामा बेला बेला खाद्यान्नको समस्या हुदै आएको छ ।