दार्चुला आईडलको तयारी अन्तिम चरणमा

५ बर्ष अघि

२0७५ माघ ५ शनिबार

दार्चुला आईडलको तयारी अन्तिम चरणमा

ललित सामन्त, माघ ५ दार्चुला । दार्चुला आईडलको  तयारी अन्तिम चरणमा पुगेको छ । आउदो माघ ८ गते देखि माघ २० गते सम्म हने पहिलो राउण्ड  र दास्रो चरणमा माघ २४ गते देखि फागुन्न ४ गते सम्म हुन लागि रहेको दार्चुला आईडलको तयारी अन्तिम चरणमा पुगेको फेबरेट मिडियाका प्रबन्धक कृष्ण सिह धामीले बताउनु भयो । दार्चुला जिल्लामा पहिलो पटक प्रतिभा पहिचान गर्ने मुल उद्देश्यका साथ हुन गरिरहेको दार्चुला आईडलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 
राष्ट्रिय कलाकारहरुको मुल्याङनको साथमा दार्चुला जिल्लामा पहिलो पटक दार्चुला आईडल हुन लागेको दार्चुला कला केन्द्रका संयोजक अमन बोहराले बताउनु भयो । अहिले सम्म पहिलो राउण्डमा गाउँपालिकाका प्रमुखहरु संग समन्वय भइसकेको पम्पलेट छाप्ने काम पनि अन्तिम चरणमा पुगेको दार्चुला कला केन्द्रका संयोजक बोहराले जानकारी दिनु भएको छ । दार्चुला आईडलमा प्रमथ द्धितिय र तृतिय हुनेलाई उचित पुरष्कार दिने र दार्चुला आईण्डलको उपाधी सहित गिफ्ट ह्याम्पर दिने संयोजक समित्रा कुवरले बताउनु भयो । पहिलो राउण्डमा हने दार्चुलाका नौ वटै स्थानीय तहहरुबाट २÷२ जना मात्र छनोट हुने आयोजकले जनाएको छ ।