चौतारो मिचेर बसपार्क, गाडीबाट झरेपछि आराम गर्ने ठाउँ छैन 

६ बर्ष अघि

२0७५ बैशाख ३१ सोमबार

चौतारो मिचेर बसपार्क, गाडीबाट झरेपछि आराम गर्ने ठाउँ छैन 

दृष्टिकोण समाचार दार्चुला,झट्ट हेर्दा सार्वजनिक स्थल भन्दा मन्दिर, चौतारो, पधेँरो, विद्यालय लगायतका सार्वजनिक उपयोगमा आउने स्थानलाई बुझिन्छ । तर दार्चुलामा सार्वजनिक चौतारो मिचेर बसपार्क बनाइएको छ । लगातार चारबर्ष देखि दार्चुला जिल्लामा पीपलको रुखमुनी बसेर दार्चुलाका बसकाउण्टरहरुले यात्रुको टिकट काटिरहेका छन् । 
२०७० सालमा महाकाली नदिमा आएको बाढीका कारण दार्चुलाको बसपार्क क्षेत्रपनि नदिले कटान गरेपछि माइती लज नजिकैको पीपलचौतारो बसपार्कको रुपमा परिणत भएको हो । तत्कालका लागि जिप, बस राख्ने स्थान नभएपछि सोही क्षेत्र भएर बसपार्क जाने गाडिहरु पीपलचौतारोमै रोक्ने गरिएका हुन् । ‘अहिले यस क्षेत्रमा दार्चुला जिल्लाबाट चल्ने लामो तथा छोटोदुरीका सवारी साधनका टिकट काउन्टर राखिएका छन् ।’ बस व्यवसायिहरुको भनाई छ, यसमा कुनै पक्षले पनि बसपार्क निर्माणको पहल नगरेको बताउने बस व्यवसायिहरु मध्येबाटै केहीको भनाई बंगाबगड वा विरेन्द्रबन क्षेत्रमै बसपार्क बनाउने विषयमा पनि कुरा भईरहेको छ । 
पीपलचौतारो सबैले आराम गर्नका लागि बनाइने सार्वजनिक स्थल हो । तर दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा रहेको माइती लज नजिकैको पीपलचौतारोमा पुग्ने भरिया र अन्य पैदल यात्रीहरुले भने आराम गर्न पाएका छ्रैनन् । 
दार्चुला जिल्लामा बसपार्क नहुँदा बाहिरबाट जिल्ला पुग्ने जो कोहीले पनि गाडीबाट झरेपछि सिधै गन्तव्यमा पुग्नु पर्छ, ‘विरेन्द्रबन क्षेत्रमा सडकमै गाडि पार्किङ गर्दा ठाउँ छैन्, माथि पीपलचौतारोमा बस्न काउन्टरहरु र कर्मचारीहरु, आराम गर्न मिल्दैन’ लामो यात्राबाट दार्चुला झर्नेहरुको गुनासो गुनासो छ ।