न्याय नपाएर बाढी पिडित महकाली तटबन्धको जमिन कब्जा गदैँ

५ बर्ष अघि

२0७५ माघ ४ शुक्रबार

न्याय नपाएर बाढी पिडित महकाली तटबन्धको जमिन कब्जा गदैँ

सुलोचना महता, माघ ४ दार्चुला  ।दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ मा बस्ने बाढी पिडित लालबहादुर कुवँरले न्याय नपाएर महाकाली तटबन्धको जमिन कब्जा गरिरहेका छन् ।

२०७० सालमा महाकाली नदीमा आएको बाढीले दार्चुला जिल्ला सदरमुकाम क्षेत्रका धेरै भु—भाग कटान गरेपछि चालु आर्थिक वर्ष २०७१÷०७२ देखि शुरु भएको महाकाली नदि नियन्त्रण आयोजनाको जमिनमा बाढीपिडित कुवँरले पसल थप्न लागेका हुन् । बाढीले किता नम्बर १२७४ को जग्गामा रहेको साढे तिन तलेको घर बगाएपछि पनि हाल सम्म आफुले जग्गाको कर तिर्दै आएको हुदाँ अाफ्नाे जग्गा प्रयाेग गर्न पाउँनु पर्ने बाढीपिडीत कुवँरले जानकारी दिनु भएकाे छ । “सरकारले भुकम्प पिडीतलार्इ राहत दिने घरबारविहिन दार्चुलाका बाढीपिडीतलार्इ राहात नदिनु” अन्याय भएकाे  बाढी पिडित कुवँरले बताउनु भयो । महाकाली बाढी पिडितहरुले साढे ५ वर्ष बिति सक्दा समेत हाल सम्म ३३ हजार रुपैँया बाहेक कुनै पनि राहत तथा खानेबस्ने व्यवस्था नरहेको गुनासो गरेका छन् । हाल महाकाली नदि नियन्त्रण आयोजनाको निमार्ण कार्य सञ्चालन भइरहेको हुदाँ ठुला मेसिन सञ्चालन हुदाँ दुर्घटना हुन सक्ने तथा निमार्ण कार्यमा बाधा पुग्ने हुदाँ सडकमा कुवँरले थप्न लागेको पसल हटाउन लगाईएको महाकाली नदि नियन्त्रण आयोजना दार्चुलाका प्रमुख मित्र बरालले बताउनु भयो । महाकाली नदिको किनारामा तटबन्ध निमार्ण कार्य सम्पन्न भएपछि तटबन्धले आगटेको जग्गा बाहेक बाँकी रहेको व्यक्तिगत उपयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनु भयो । निमार्णधीन महाकाली नदि नियन्त्रण आयोजनालाई लगत कट्टा गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनु भयो । महाकाली नदिमा बाढी आएपछि नेपाल सरकारले बाढीपिडीतहरुलाई पुननिमार्णका लागि ५० करोड बजेट छुट्याएको घोषणा गरेको रकम नआएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।