२ जना जवानले बचाए एक महिलाको ज्यान 

५ बर्ष अघि

२0७५ माघ ४ शुक्रबार

 २ जना जवानले बचाए एक महिलाको ज्यान 

ललित सामन्त,माघ ४ दार्चुला ।  रगतको अभावमा जिल्ला अस्पतालमा छटपटाइ रहेकी एक महिलालाई सेनाका दुई जवानले  रक्तदान गरी मृत्युको मुख बाट जोगाएका छन् ।
दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट बस्ने २९ वर्षीय मानमति रैखोलालाई दुर्गादल गुल्म दार्चुलाका जवान खिम बहादुर घर्तिमगर र गोकर्ण सिह गोयलाले २ पाउण्ड रक्तदान गरी जीवन बचाएका हुन् ।
दुई दिन अघि रैखोलाको पेटमा रहेको बच्चा खेर गए पछि अत्याधिक रक्तस्राव भएको थियो । अत्याधिक रक्तस्राव हुन थाले पछि घरका अन्य सदस्यले मानमतीलाई जिल्ला अस्पताल दार्चुला ल्याएका थिए ।  जिल्ला अस्पतालमा ए पोजेटिभ रगत नभेटिएपछि सेनालाई गुहार्दा घर्तिमगर र गोयाला अस्पताल पुगि उनलाई रगत दान गरेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति गणेश रावलले जानकारी दिए ।
स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने भावनाको विकास नहुँदा रगत अभावमा सधैँ समस्या पर्ने गरेको अस्पतालका निमित्त डा धर्मानन्द जोशीले बताउनु भयो ।
जिल्ला अस्पतालमा ब्लड बैक भए पनि रगतको अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा रगत नहुदा कतिपय बिरामीले रगत नपाएर मृत्यु रोज्नु परेको छ भने रगत अभाव भएका बिरामीलाई नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले रक्तदान गरेर ज्यान जोगाउदै आएका छन् ।