खोप सम्बन्धी चार दिने तालिम सम्पन्न

५ बर्ष अघि

२0७५ माघ ३ बिहीबार

खोप सम्बन्धी चार दिने तालिम सम्पन्न

सुलोचना महता, माघ ३ दार्चुला  । स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजना खोप कोल्डचेन व्यवस्थापन र ए.ई.एफ.आई  सभिलेन्स सम्बन्धी सोमबार देखि सञ्चालन भएको ४ दिने आधारभुत तालिम सम्पन्न भएको छ । 
नयाँ तथा तालिम नलिएका खोप सेवा दिने स्वास्थ्यकर्मीहरुको खोप सेवा बारे जानकारी गरार्इ क्षमता अभिवृद्धि गरी गुणस्तरीय खोप सेवा दिने उद्देश्यले  तालिम सञ्चालन गरीएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका जनस्वास्थ्य अधिकृत केशर बहादुर साउदले बताउनु भयो । तालिममा जिल्लाका जनस्वास्थ्य अधिकृत शिवराज सुनार तथा हरिश भट्ट र स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका जनस्वास्थ्य अधिकृत केशर बहादुर साउद र मिनराज जोशी प्रशिक्षण दिएका छन् । तालिममा प्रत्येक गाउँपालिका तथा नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकीका खोप सम्बन्धी स्वास्थ्यकर्मी २० जनाले सहभागीता रहेको थियो ।