नेपाल रेडक्रस सोसाइटीद्वारा जिल्ला अस्पताललाई कम्बल वितरण 

५ बर्ष अघि

२0७५ माघ ३ बिहीबार

नेपाल रेडक्रस सोसाइटीद्वारा जिल्ला अस्पताललाई कम्बल वितरण 

ललित सामन्त ,माघ ३ दार्चुला । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुला द्धारा बिहिबार १५ वटा कम्बल जिल्ला अस्पताललाई वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोपाल सिह महराको अध्यक्षता एवं दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको प्रमुख आर्थित्यतामा जिल्ला अस्पतालमा १५वटा कम्बल वितरण गरिएको हो ।

चिसोबाट बच्न विरामीहरुलाई न्यानो बनाउने उद्देश्यले कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका   सुचना अधिकारी राज कुमार घिमिरेले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला  शाखा दार्चुलाले अपिहिमाल  र व्यासँ गाउँपालिका क्षेत्रमा गत महिनामा नै ७५ वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको पनि  सुचना अधिकारी घिमिरेले जानकारी दिनु भएको छ ।  कार्यक्रममा विभिन्न राजनितिक दलका जनप्रतिनिधिहरु,सुरक्षा निकायका जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासघं जिल्ला अध्यक्ष शंकर सिह धामी लगायत सञ्चाकर्मीहरुको सहभागिता रहेको थियो ।