नेकपाको व्यासँ गाउँपालिकामा बैठक तथा पदाधिकारी समिति गठन 

५ बर्ष अघि

२0७५ माघ २ बुधबार

नेकपाको व्यासँ गाउँपालिकामा बैठक तथा पदाधिकारी समिति गठन 

 

सुलाेचना महता, माघ २ दार्चुला । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले व्यासँ गाउँपालिकामा बैठक तथा वडा पदाधिकारी समिति गठन भएको छ । बुधबार व्यासँ गाउँपालिकाका नेकपाका अध्यक्ष नकेन्द्र सिहँ तिंकरीको अध्यक्षतामा वडा पदाधिकारी समिति गठन भएको छ । व्यासँ गाउँपालिकामा भित्र रहेका ६ वटा वडाहरुमा पुर्व माऔवादी वडा नम्बर ३, ४ र ५ तथा पूर्व एमाले वडा नम्बर १,२ र ६ रह्ने गरी वडा पदाधिकारी समिति गठन भएको प्रस्तापित नेकपाको जिल्ला सदस्य कल्याण सिँह खत्रीले जानकारी दिनु भयो । 
व्यासँ गाउँपालिका वडा नम्बर २ मा वडा वडा पदाधिकारी समितिको अध्यक्ष केशव सिहँ विष्ट र सचिव विसन धामी, वडा नम्बर ३ मा वडा वडा पदाधिकारी समितिको अध्यक्ष विर सिहँ डडाल र सचिव विनोद सिँह धामी, वडा नम्बर ४ मा वडा  पदाधिकारी समितिको सचिव नरेन्द्र सिहँ धामी, वडा नम्बर ५ मा वडा  पदाधिकारी समितिको अध्यक्ष दिलीप सिँह धामी र सचिव देवदत्त भट्ट र वडा नम्बर ६ मा वडा  पदाधिकारी समितिको अध्यक्षमा प्रमानन्द भट्ट र सचिव भवान सिहँ महरा रहने गरी पदाधिकारी समितिको छनोट भएको छ । व्याँस गाउँपालिका वडा नम्बर १ मा दाधिकारी समितिको अध्यक्ष र सचिव र वडा नम्बर ४ मा अध्यक्षको छनोट कहि दिन भित्रै गरीने  प्रस्तापित नेकपाको जिल्ला सदस्य कल्याण सिँह खत्रीले बताउनु भयो ।