गाउँपालिका अध्यक्षले तलबको केही अशं दुर्घटनामा परेका ठगुन्नालार्इ सहयोग

५ बर्ष अघि

२0७५ माघ २ बुधबार

गाउँपालिका अध्यक्षले तलबको केही अशं दुर्घटनामा परेका ठगुन्नालार्इ सहयोग


सुलाेचना महता, माघ २ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिहँ धामीले आफ्नो तलबको केही अंश रकम दुर्घटनामा परेका कुन्दन सिँह ठगुन्नालार्इ सहयोग गरेका छन् । नौगाड गाउँपालिकाका अध्यक्ष धामीले गाउँपालिकासँग बजेट नहुदाँ आफ्नो तलब बाफत प्राप्त १५ हजार रुपैयाँ दुर्घटनामा परेका ठगुन्नालार्इ सहयोग गरेको बताएका छन् ।
नौगाड गाउँपालिका वडा नम्बर ४  कपडे बस्ने कुन्दन सिहँ ठगुन्नाको एक महिना पहिले वनमा भेडा चराउन गएको बेलामा माथिबाट खसेकाे ढुङ्गा लागेर दुबै खुट्टा भाँचिएको थियो । ठगुन्नाको दुबै खुट्टा भाँचिएपछि एक महिना देखि धनगढीमा रहेको नोभा प्राइभेट अस्पतालमा उपचार गराउँदै भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कुन्दनको उपचार गर्न सहयोग गरिदन अन्य निकायलाईसमेत आग्रह गरेको नौगाड गाउँपालिकाका अध्यक्ष धामीले बताउनु भएको छ ।
नौगाड गाउँपालिकाका अध्यक्ष धामीका अनुसार सेवा नै धर्म मानेर आफुले अपांग, असहाय, टुहुरा र समस्यामा परेकाहरु सहयोग गर्दै आउनुको साथै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग  गर्ने समेत बताउनु भयो  ।
दर्घटनामा परेका ठगुन्नालार्इ सदरमुकाम खलंगामा रहेको शिखर होटलका मालिक केशवबहादुर पाले ५ हजार, नौगाड गाउँपालिकाका कर्मचारीहरुमा रमेश सिँह धामीले ३ हजार प्राविधिक कृष्ण सिँह ठगुन्नाले २ हजार र चन्द्रावती ठगुन्नाले २ हजार रुपैँया लगायत अन्य व्यक्तिहरुले समेत सहयोग गरेका छन् ।