२१ औँ भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

५ बर्ष अघि

२0७५ माघ २ बुधबार

२१ औँ भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

रमेश खत्री, माघ २ दार्चुला । दार्चुला लगायत देशभर आज २१ औँ भुकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० साल माघ २ गते गएको महाभुकम्प पश्चात् नेपालमा हरेक वर्ष माघ २ गतेका दिन भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । दार्चुलामा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी २१ औँ भुकम्प सुरक्षा दिवस मनाइएको हो । जिल्ला सदरमुकाम खलंगामा जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा महाकाली नगरपालिकाको सह–आयोजनामा भुकम्प दिवस मनाइएको होे । यसअघि पुष २५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले विभिन्न समिति गठन गरी जनचेतनामुलक कार्यक्रम, याली लगायतका कार्यक्रम गरी दिवस मनाउने निर्णय अनुसार आज दिवस मनाइएको हो । 
जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीकोे अध्यक्षतामा जिल्ला सदरमुकाम खलंगा तीन ओटै सुरक्षा निकायको समन्वयमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाइएको हो । भुकम्प दिवसका अवसमा भुकम्प र आगलागीका घट्नाबाट बच्न अपनाउनुपर्र्ने उपायहरु, विपद् बेला उद्धार कार्य कसरी गर्ने लगाायतका बारेमा सुरक्षाकर्मीहरुले प्रदर्शनी गरेका थिए । यस्तै जिल्लाको अवस्था लगाायतका बारेमा पत्रकार पदम बडालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।