छोटी भन्सार दार्चुलाबाट ६ महिनामा १४ लाख राजश्व संकलन 

५ बर्ष अघि

२0७५ माघ २ बुधबार

छोटी भन्सार दार्चुलाबाट ६ महिनामा १४ लाख राजश्व संकलन 


सुलाेचना महता, माघ २ दार्चुला । छोटी भन्सार कार्यालय दार्चुलाले ६ महिनामा १४ लाख ३२ हजार ८ सय ६० रुपैँया राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷७६ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि पुस मसान्त सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा २ लाख १३ हजार ९ सय ४९ रुपैँया, भदौ महिनामा १ लाख ५७ हजार १ सय ५४ रुपैँया, असोज महिनामा ३ लाख ३० हजार ९ सय १२ रुपैँया, कार्तिक महिनामा ३ लाख ३ हजार २ सय ७९ रुपैँया, मंसिर महिनामा १ लाख ३० हजार ५ सय ३० रुपैँया र पुस महिनामा २ लाख ९७ हजार ३६ रुपैँया राजस्व संङ्कलन गरेको छ । मूख्य भन्सार कार्यालय झुलाघाँट अन्र्तगत रहेको छोटी भन्सार कार्यालय दार्चुलाले सबैभन्दा बढी राजश्व भारतबाट आयातित बस्तुहरुमा निर्माण सामाग्री, चिनी मिश्री, सिमेन्ट लगायतका बस्तुहरुबाट संकलन गरिएको छ । चालु आथिक वर्षको मंसिर  महिनामा  नेपालबाट नियार्त भएको खरीबाट १ लाख १४ हजार रुपैँया राजश्व संकलन भएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरबहादुर बडालले बताउनु भयो ।