दार्चुलामा विपद् व्यवस्थापन कोष खडा गरीनेः समन्वय प्रमुख कार्की

५ बर्ष अघि

२0७५ माघ २ बुधबार

दार्चुलामा  विपद् व्यवस्थापन कोष खडा गरीनेः समन्वय प्रमुख कार्की


दिपक सिह धामी माघ २ दार्चुला । दार्चुला जिल्लामा विपद् व्यवस्थापन गर्नका लागि “विपद् व्यवस्थापन कोष” खडा गरीने जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले बताएका छन् । २१ औँ भुकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै दार्चुला जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले विपद् व्यवस्थापन कोष खडा गर्ने बताएका हुन् । विपद् व्यवस्थापन कोष खडा गरी भविष्यमा आइपर्ने भुकम्प, बाढी, आगलागी जस्ता विपदहरु व्यवस्थापन गर्नका लागि कोषले ठुलो सहयोग पु¥याउने भएकाले सो कोष खडा गर्न लागिएको जिल्ला समन्वय समिति प्रमुख कार्कीले बताउनु भयो । विपद् व्यवस्थापन कोष खडा गरी स्वयमंसेवक छनोट गरी तालिम दिई विपद् व्यवस्थापनका बेलामा परिचालन गरीने समेत जिल्ला समन्वय समिति प्रमुख कार्कीले बताएका छन् । विश्वको उच्च भुकम्पीय जोखिममा रहेका १० राष्ट्र मध्ये त्यस भित्र नेपाल पनि पर्ने हुदाँ  भौतिक संरचनाहरु भुकम्पप्रतिरोधात्मक बनाउनु पर्ने उहाँले बताए ।