दार्चुलामा राष्ट्रिय योग दिवस ः २०७५ मनाइयाे

५ बर्ष अघि

२0७५ माघ १ मंगलवार

दार्चुलामा  राष्ट्रिय योग दिवस ः  २०७५ मनाइयाे

दृष्टिकोण समाचार, माघ १ दार्चुला । जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय योग दिवस मनाईएको छ । पतञ्जली योग पीठ समितिको आयोजनामा विहान खलंगा बजारमा प्रभात फेरी गरीएको छ । साथै दार्चुला विकास संगठनको प्राङ्गणमा योग शिविर सञ्चालन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा जिल्ला स्थित सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा दिवस मनाइएको हो ।