दार्चुलामा खोप सम्बन्धी चार दिने तालिम शुरु

५ बर्ष अघि

२0७५ पुष ३0 सोमबार

दार्चुलामा खोप सम्बन्धी चार दिने तालिम शुरु

 

सुलोचना महता, पुस ३० दार्चुला । दार्चुलामा नयाँ तथा खोप तालिम नलिएका स्वास्थ्यकर्मीहरुलाई खोप कोल्डचेन व्यवस्थापन र ए.ई.एफ.आई सभिलेन्स सम्बन्धी चार लिने आधारभुत तालिम आज देखि शुरु भएको छ । 
स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजना उक्त तालिम सञ्चालन भएको हो ।नयाँ तथा तालिम नलिएका खोप सेवा दिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गुणस्तरीय खोप सेवा प्रदान गर्न सक्षम बनाउनका लागि तालिम सञ्चालन गरीएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका जनस्वास्थ्य अधिकृत केशर बहादुर साउदले बताउनु भयो । तालिममा प्रत्येक गाउँपालिका तथा नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकीका खोप सम्बन्धी स्वास्थ्यकर्मी २० जनाले सहभागीता जनाएका छन् । तालिममा जिल्लाका जनस्वास्थ्य अधिकृत शिवराज सुनार तथा हरिश भट्ट र स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका जनस्वास्थ्य अधिकृत केशर बहादुर साउद र मिनराज जोशी प्रशिक्षण दिइरहेका छन् ।