दार्चुलामा कर्मचारीको विरोध ः गृह मन्त्रालयको ध्यानाकर्षण

५ बर्ष अघि

२0७५ पुष ३0 सोमबार

दार्चुलामा कर्मचारीको विरोध ः गृह मन्त्रालयको ध्यानाकर्षण

दृष्टिकोण समाचार, पुस ३० दार्चुला । पुस २९ गते प्रदेश नम्बर २ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजना मन्त्रीको कार्यकक्षमा भएको कुटपिटको विरुद्धमा दार्चुलामा कर्मचारीहरुले विरोध गरेका छन् । मन्त्रीजस्तो गरिमामय पद धारण गरेको व्यक्तिले कर्मचारी माथि गरेको यस्तो व्यवहार प्रति कर्मचारीका विभिन्न संगठनहरुले विरोध सहित हातमा कालोपट्टी बाँधेर कामकाज पनि ठप्प पारेका छन् । 
दार्चुला जिल्लाका अपिनाम्पा संरक्षण क्षेत्र, डिभिजन बन कार्यालय दार्चुला, जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीहरुले आज जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको छ । कर्मचारीमाथि भएको अत्याचारको बारेमा कार्मचारीहरुले विरोध गर्ने र थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन् ।