माघ ८ गते देखि  दार्चुला आइडल हुने

५ बर्ष अघि

२0७५ पुष २९ आईतवार

माघ ८ गते देखि  दार्चुला आइडल हुने


सुलोचना महता, पुस २९ दार्चुला । दार्चुला जिल्लामा पहिलो पटक प्रथम दार्चुला आइडल आगामी माघ ८ गते देखि हुने भएको छ । दार्चुला जिल्लाका प्रतिभाहरुलार्इ उजागर गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक दार्चुला आइडल गर्न लागेको फेबरेट मिडीयाका प्रबन्धक कृष्णसिहँ धामीले बताउनु भएको छ । प्रथम दार्चुला आइडलको छनोट खुल्ला गायन प्रतियोगिताबाट हुने भएको छ । जिल्लामा सञ्चालन हुन लागेको प्रथम दार्चुला आइडलको पहिलो राउण्ड आगामी माघ ८ गते देखि २० सम्म जिल्लाका नौ वटै स्थानीय तहमा, दोस्रो राउण्ड माघ २४ गते सदरमुकाम खलंगामा, फाइनल राउण्ड फागुन ४ गते हुने आयोजकले जनाएको छ । दार्चुला आइडलमा प्रथम हुने विजेतालार्इ नगद ५१ हजार, उपाधी सहित गिफ्ट ह्याम्पर र द्धितिय हुनेलार्इ नगद ३१ हजार सहित गिफ्ट ह्याम्परर र तृतीय हुने विजेतालार्इ २१ हजार नगद सहित गिफ्ट ह्याम्पर दिइने फेबरेट मिडियाले जनाएको छ ।