अपिहिमाल गाउँपालिकामा माछापुच्छ्रे बैंककाे कारोबार शुरु

५ बर्ष अघि

२0७५ पुष २९ आईतवार

अपिहिमाल गाउँपालिकामा माछापुच्छ्रे बैंककाे कारोबार शुरु


सुलोचना महता, पुस २९ दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा खुलेको माछापुच्छ्रे बैंकले आइतबार देखि कारोबार सुरु गरेको छ । राज्य पुर्नसंरचना पछि निर्माण गरिएका स्थानीय तहहरुमा बैंक स्थापना गर्ने कार्यक्रम अनुसार अपिहिमाल गाउँपालिकामा माछापुच्छ्रे  बैंकले आफ्नो शाखा स्थापना गरेको छ ।
दार्चुलाको दुर्गम मानिने अपिहिमाल गाउँपालिका वाड नम्बर ४ मा स्थापना भएको माछापुच्छ्रे बैंकको औपचारिक रुपमा उद्घाटन अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले गर्दै  आजबाट कारोबार शुरु गरी ग्राहकहरुलार्इ सेवा दिन लागेको बताउनु भयो ।  आजै देखि कारोबार सुरु गरेको माछापुच्छ्रे बैंकमा १५ देखि २०  जनाले खाता खोल्नुको साथै ५ लाख रुपैँया जम्मा भएको माछापुच्छ्रे बैंक शाखाका असिस्टेन्ट उमेश राज बुडुले बताउनु भयो ।

अपिहिमाल गाउँपालिकामा बैंक स्थापना हुदाँ बैकिङ कारोबार गर्न सदरमुकाम आउनु पर्ने बाध्यता हटे पछि स्थानीयहरु खुशी भएको अपिहिमाल गाउँपालिका स्थानीय साेवन सिँह लोथ्यालले बताउनु भयो । यसैबीच दार्चुला जिल्लाका नौ वटा स्थानीय तह बैंक स्थापना भएको छ ।