दार्चुलाका १३ हजार विद्यार्थीले खान्छन् विद्यालयमा दिवाखाजा 

५ बर्ष अघि

२0७५ पुष २८ शनिबार

दार्चुलाका १३ हजार विद्यार्थीले खान्छन् विद्यालयमा दिवाखाजा 

सुलोचना महता, पुस २८ दार्चुला । दार्चुला जिल्लाका १३ हजार ५ सय विद्यार्थीहरुले विद्यालयमा दिवा खाजा पाइरहेका छन् । जसमध्ये छात्रा ७ हजार १ सय ८१ जना र छात्र ६ हजार ३ सय ८५ जना रहेका छन् । विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा  नेपाल सरकारद्वारा सरकारी विद्यालयहरुमा २०५७ साल देखि सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई दिवा खाजा वितरण गरिदै आएको छ । हाल दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका  १ सय ९१ आधारभुत (१ — ८ ) विद्यालयहरुमा दिवाखाजा वितरण भइरहेको छ । कार्यक्रम लागु भएका विद्यालयका प्रत्येक विद्यार्थीहरुले प्रतिदिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुन पाइरहेको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई दार्चुलाले जनाएको छ । 
विद्यार्थीहरुलाई खाद्यान्न दिएर शिक्षा तर्फ आर्कषित गराउने र विद्यार्थीको पोषण सुधारकामा सहयोग पु¥याउने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिएको कार्यक्रम एकाई कार्यालय दार्चुलाका प्रमुख योगेन्द्र बमले जानकारी दिनु भयो । 
दार्चुला जिल्लामा खाद्यान्न वितरणका लागि हाल शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर, महाकाली नगरपालिका ५ गल्फै र मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा मुख्य गोदाम रहेका छन् । यस बाहेक जिल्लाका विभिन्न १० स्थानमा सब गोदाम बाट खाद्यान्न वितरण भइरहेको छ ।