अपि नाम्पा सहकारी संस्थाको ९ औ साधारण सभा सम्पन 

५ बर्ष अघि

२0७५ पुष २७ शुक्रबार

अपि नाम्पा सहकारी संस्थाको ९ औ साधारण सभा सम्पन 

ललित सामन्त,पुस २७ दार्चुला । अपि नाम्पा सहकारी संस्थाको ९औ वार्षिक उत्सव तथा साधारण सभा सम्पन भएको छ । अपि नाम्पा सहकारी संस्थाकी उपाध्यक्ष बजन्ती तिङरी अध्यक्षता एवम् महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टको प्रमुख आर्थित्यता तथा व्यासँ गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकीको विशिष्ट आर्थित्यतामा अपि नाम्पा सहकारी संस्थाको ९ औ साधारण सभा सम्पन भएको हो ।

कार्यक्रममा अपि नाम्पा सहकारी संस्थाकी उपाध्यक्ष बजन्ती तिङकरीले  आफनो वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । अपि नाम्पा सहकारी संस्थाले यो आर्थिक वर्षसम्मको  शेयर पुजी १करोड ३८ लाख ८३ हजार ८० रुपैँया रहेको यस्तै जगेडा अन्य कोषमा १ करोड ४३ लाख ३६ हजार ७ सय ५१ रहेको छ । यस्तै बचत निक्षेपमा भने ६ करोड २४ लाख २३ हजार ६ सय ५४ रहेको छ । भने यस्तै नगद तथा बैक मौज्दात ६९ लाख ९२ हजार २ सय ८९ बैक मौज्दात रहेको छ । अपि नाम्पा सहकारी संस्थाको क्रण लगानी भने ८ करोड ३८ लाख १ हजार ७ सय २७ रुपैँया रहेको छ । यस्तै पाउनु पर्ने हिसाब ८० हजार ३ सय ५४ सदस्यताले पाउनु पर्ने व्याज संन्चय रहेको छ । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका जनप्रतिनिधिहरु राजनितिक दलका जनप्रतिनिधिहरु शेयर सदस्यहरु लगायत सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।