२९७ औ पृथ्वी जयन्ती दार्चुलामा पनि मनाइयो

५ बर्ष अघि

२0७५ पुष २७ शुक्रबार

२९७ औ पृथ्वी जयन्ती दार्चुलामा पनि मनाइयो

 ललित सामन्त,पुस २७ दार्चुला । आज पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस दार्चुलामा पनि मनाइएको छ । राप्रपा र विवेकशिल साभा पार्टीले आज शुक्रबार विविध कार्यक्रम गरी २९७ औ पुथ्वी जयन्ती एवम राष्ट्रिय एकता दिवस दार्चुलामा पनि मनाइएको हो  । 
विवेकशिलसाझा पार्टीका जिल्ला अध्यक्ष चक्र बहादुर बमको अध्यक्षता एवम राप्रपा जिल्ला अध्यक्ष विर सिह बडालको प्रमुख आर्थित्यतामा पर्भात फेरी कोणसभा कार्यक्रम गरी २९७ औ पृथ्वी जयन्ती एवम राष्ट्रिय एकता दिवस  मनाएको हो ।
 कार्यक्रममा बोल्दै विवेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष चक्र बहादुर बमले अहिलेका नेताहरु पार्टी भतm नभएर देश भतm बन्नुपर्ने बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष विर सिह बडालले पृथ्वीनारायणको फोटाहरु सेनाका कार्यालयमा मात्रै देखिने र अबका दिनहरुमा सबैजसो कार्यालयमा राख्नु पर्ने बताएका छन् । कार्यक्रममा विवेकशिल साझा पार्टीका कार्यकर्ताहरु राप्रपाका कार्यकर्ताहरु लगायत सञ्चारकर्मीहरुको  सहभागिता रहेको थियो ।