बचतगर्न सहकारी नै उचित भएको नगर प्रमुख भट्ट

५ बर्ष अघि

२0७५ पुष २७ शुक्रबार

बचतगर्न सहकारी नै उचित भएको नगर प्रमुख भट्ट

ललित सामन्त,पुस २७ दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टले बचतका लागि सहकारी नै उचित भएको बताएका छन् । अपि नाम्पा सहकारी संस्थाको ९ औ वार्षिक उत्सव तथा साधारण सभामा बोल्दै नगर प्रमुख भट्टले यस्तो बताएका हुन । देश विकासमा ठुलो भुमिका खेलेको सहकारी संस्थाले बचतका लागि पनि ठुलो भुमिका खेलेको बताएका छन् ।

अपि नाम्पा सहकारी संस्थाको ९ औ सधारण सभाका प्रमुख अतिथी समेत रहनु  भएका महाकाली नगरपालिकाका नगर प्रमुख भट्टले कार्यक्रमलाई सम्बोधनगदै नगर प्रमुखले सहकारी सस्थाले पछिल्लो समय एकदमै राम्रो काम गरेकाले अझै यसमा थप उर्जासिल बन्नको लागि आफनो नगरबाट हुन सक्ने सहयोग गर्न आफु तयार रहेको पनि बताउनु भयो ।  दार्चुला जिल्लाका हकमा पनि महाकाली नगरपालिकामा सबै भन्दा बढि सहकारी संस्थारहेको पनि बताउनु भयो ।

यस्तै उहाले सहकारी संस्थाले प्रतिस्पर्धा गरेर मात्रै अगाडी बडेमा विकासले झन फडको मार्ने पनि नगर प्रमुख भट्टले बताएका छन् ।  कार्यक्रममा  विभिन्न राजनितिक दलका जनप्रतिनिधिहरु सहकारी संस्थामा रहेका शेयर सदस्यहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।